Saturday, February 27, 2021
Home अर्थ राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

देशभरिको विकास र समस्याबारे गम्भीर छलफल

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच छलफल भएको छ । छलफलका क्रममा विकास निर्माणमा देखापरेका समस्या पहिचान गरी तत्काल समाधान गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएका छन् ।

योजना आयोगअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले कोरोना भाइरसलगायतका कारण थलिएको विकास निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकले विकास निर्माणलाई द्रुत गतिमा अघि बढाउन २० बुँदे प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको समितिको ४८औं बैठकमा पाँच प्रदेशका मुख्यमन्त्री, केन्द्रका मन्त्री, नेपाल सरकारका सचिवलगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले चालु आर्थिक वर्षमा विकास निर्माण कस्तो भइरहेको छ ? कुन मन्त्रालयले कस्तो काम गरिरहेका छन् ? कुनमा समस्या छ ? यस्ता प्रश्नमा केन्द्रित भई पहिलो चौमासिक प्रगतिको समीक्षा भएको जानकारी दिए ।

– विकास निर्माणलाई तीव्रता दिने निर्णय
– विकासलाई द्रुत गति दिन २० बुँदे प्रस्ताव पारित
– पुँजीगत खर्च न्यून भएकामा प्रधानमन्त्रीको असन्तुष्टि
– विकासलाई गति दिन कार्यदल गठन गर्न सुझाव

समितिको बैठकमा प्रस्तुत तथ्यांकअनुसार हालसम्म देशभरको पुँजीगत खर्च १४.१ प्रतिशत रहेको छ । विभिन्न मन्त्री, प्रदेश प्रमुख र सचिवले कोरोना भाइरस तथा लकडाउनलगायतका कारण विकास निर्माणमा गति दिन नसकिएको जनाएका छन् ।
प्रदेश प्रमुखले विकास निर्माणका समयमा देखिएका नीतिगत, व्यावहारिक, कानुनी तथा प्राविधिक समस्यालगायतका विषय उठाएका थिए । प्रधानमन्त्री ओलीले विकास निर्माणका क्रममा उत्पन्न हुने विभिन्न समस्यालाई सल्टाएर विकास निर्माणको गति बढाउन निर्देशन दिए ।

यो पनि पढ्नुहोस   नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

पहिलो चौमासमा पुँजीगत खर्च हुन नसकेकोेप्रति पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाए । उनले विकास निर्माणमा समस्या उत्पन्न भए कार्यदल गठन गरेर भए पनि हल गर्न निर्देशन दिँदै विकास निर्माणको काम नरोक्न निर्देशन दिए ।

पहिलो चौमासिकमा पुँजीगत खर्चतर्फ अर्थ मन्त्रालयले १ प्रतिशत, युवा तथा खेलकुद मन्त्रालयको १ प्रतिशत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १ प्रतिशत युवा तथा खेलकुद मन्त्रालयको १ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी पुँजीगत खर्च भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको २६ प्रतिशत, गृह र सहरी मन्त्रालयको १६-१६ प्रतिशत, श्रम मन्त्रालयको १२ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ११÷११ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष पहिलो चौमासिकमा व्यापार घाटा ३६२.२९ अर्ब भएको छ । आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिक प्रमुख आर्थिक परिसूचकअन्तर्गत कुल निर्यात ४०.२० अर्ब भएको छ । गत आर्थिक वर्षको यही अवधिमा ३६.२८ अर्ब भएको थियो । चालु आर्थिक वर्ष पहिलो चौमासिकमा कुल आयात भने ४०२.४९ अर्ब भएको छ । गत आर्थिक वर्षको यही अवधिमा कुल आयात ४५०.३० अर्ब भएको थियो ।

(Visited 88 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

सरकार र ‘विप्लव’ समूहबीच भित्रभित्रै वार्ता

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परिणाममुखी बनाउन भन्दै...

कोरोनाको थकानले नछोड्दै कोभिसिल्ड खोप

कोरोना निको हुने तथा खोप लगाउनुलाई रामवाण र सञ्जिवनी बुटी नठानेर स्वास्थ्य सुरक्षाका पूर्ववत विधि, स्वास्थ्यमैत्री खानपिन र जीवनशैली पनि ध्यान दिनुपर्छ कोभिड–१९ का कारण...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

सात महिनामा पाँच सय ५ फरार अपराधी प्रहरी नियन्त्रणमा

सप्तरी, राजविराज । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएका ५ सय ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको...

ट्रेन्डिङ

इन्जिनीयर साह घुस रकमसहित पक्राउ

काठमाडौँ । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख...

थाइलैन्डमा सैनिकले जथाभावी गोली चलाउँदा १७ को मृत्यु

बैंकक । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय...

साना जलविद्युत् आयोजनामा पेनाल्टी नलगाउन आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलगाउन निर्देशन दिएको छ ।आयोगले विद्युत् खरिद बिक्री तथा अनुमति प्राप्त कम्पनीले...

हिरासतका ८ थुनुवासहित १२३ जना प्रहरीको पीसीआर नेगेटिभ

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासत कक्षमा रहेका ८ जना थुनुवा र विभिन्न ईकाईहरुमा कार्यरत १ सय २३ जना प्रहरीको पीसीआर नेगेटिभ आएको...

प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा...

सदस्य सचिव र लियोनादोबीच भेटघाट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र एपी १ क्रिकेट सिजनका होस्ट एवं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् दुवईका पूर्वकमेन्टेटर एन्ड्रयु लियोनादोबीच राष्ट्रिय...

रामकृष्णको नयाँ गीत, लण्डनमा खिचियो

काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत अधर सार्वजनिक भएकोे छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ गीतमा शिखर...

आलियालाई छुट्टि मनाउन साथी चाहियो

मुम्बई । बलिउड नायिका आलिया भट्टले छुट्टि मनाउनका लागि साथीको आवश्यक परेको कुरा गरेकी छिन् । इन्स्टाग्राममा तस्विर पोस्ट गर्दै लेखेकी छिन् ‘एक होलीडे...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

धेरै पढिएका

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख...

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन

काठमाडौं । पहिलो कमेडी च्याम्पियन सफल भएपछि सोही समूहले अब कमेडी च्याम्पिएन सिजन–२ दर्शकमाझ ल्याउने भएको हो । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले...

अब फैसला छिट्टै

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको बहस शुक्रबार सकिएको छ । शुक्रबार एमिकस क्युरी सदस्य गीता पाठक संग्रौलाले आफ्नो राय...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)