Tuesday, March 9, 2021
Home Breaking News ‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । ‘कोभिसिल्ड’ सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरेको खोप हो ।

योसँगै नेपालमा रहेको आधिकारिक आयातकर्ता हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालिले ‘कोभिसिल्ड’ नामक खोप ल्याउने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । उनले निवेदन दिएकामध्ये अन्य दुई जनाको आवश्यक कागजात नपुगेको र टेक्निकल नोटका आधारमा निर्णय गर्दै जाने बताए ।

उनले भने, ‘यो कम्पनी मात्रै अन्तिम होइन । सरकारले कोरोनाविरुद्धको खोप आयात सन्दर्भमा टेक्निकल नोट तयार गरेको छ । त्यसमा आधारित रहेर अन्य भ्याक्सिन पनि दर्ता हुन सक्छन् ।’

नेपालमा कोरोना भाइरसविरुद्ध खोपको आपतकालीन प्रयोगका लागि विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको हो । विभागका वरिष्ठ औषधि व्यवस्थापक केसीले भने, ‘आधिकारिक आयातकर्ताले मात्रै कोरोनाविरुद्धको खोप ल्याउन पाउँछ । टेक्निकल नोटका आधारमा हामीले निर्णय गर्दै जाने हो ।’

कोरोनाविरुद्ध खोपको आपतकालीन प्रयोगका लागि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपलाई अनुमति प्रदान गरिएको छ ।
सन्तोष केसी, वरिष्ठ औषधि व्यवस्थापक, औषधि व्यवस्था विभाग

औषधि व्यवस्था विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ खोपको आपतकालीन प्रयोग अनुमति गरिएको सम्बन्धमा विभागीय निर्णयअनुसार उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड खोप आपतकालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिएको जानकारी गराउँछौं ।’

विभागले कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा ‘खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता, २०७७ र कोभिड–१९ विरुद्ध प्रयोग हुने खोप प्राप्ति र प्रयोगसम्बन्धी’ अवधारणापत्रलाई आधार मानेको छ । विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।

विभागले गत बुधबार कोभिड–१९ विरुद्ध खोपको आयातका लागि उत्पादक वा सोका आधिकारिक आयातकर्तालाई दर्ता अनुमतिपत्रका लागि आवेदन माग गरेको थियो । कोभिड–१९ को खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपतकालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र फ्रन्टलाइनमा काम गर्नेहरूलाई खोप दिने योजना बनाएको छ । सरकारले माइनस २ देखि ८ डिग्री सेल्सियस तापक्रमसम्ममा राख्न सकिने खोपलाई पहिलो प्राथमिकतामा रोखेको छ ।

कोभिसिल्ड नामक खोप बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । पूणेमा रहेको एसआईआईले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरेको थियो ।

खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्ये मानिन्छ । सेरमले ५ करोडभन्दा बढी डोज उत्पादन गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले फागुनभित्र नेपाली नागरिकले कोरोनाविरुद्धको खोप लगाउने बताएको छ । यो खोप ७० देखि ९० प्रतिशतसम्म प्रभावकारी रहेका रिपोेर्ट सार्वजनिक भएका छन् । सरकार कुल जनसंख्याको ७२ प्रतिशत जनतालाई निःशुल्क रूपमा खोप दिने योजनामा छ ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय...

एमाले नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ , नेपाल र खनालले सरकार बलियो बनाउनुहुन्छ : लालबाबु पण्डित

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन्...

८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ

कपिलवस्तु । ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई...

रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की राष्ट्रियसभा सांसद कोमल वलीले अर्का नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् । मङ्गलवार काठमाडौँ...

उहिले घरजग्गा पास, अहिले भने उठिवास : माओवादी ‘जनयुद्ध’मा भएको किनबेचको किचलो अझै

रुकुम पश्चिम । माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी...

साताका लोकप्रिय समाचार

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन...

निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान्...

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

ट्रेन्डिङ

आर्थिक अनियमितताको पराकाष्ठा

‘म पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिने छैन’ भनी कुर्चीमा बसेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए । उनको त्यो भनाइसँगै भ्रष्टाचारको दलदलमा...

तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक...

ह्वात्तै बढ्यो उपत्यकामा कोरोना परीक्षण गराउनेको सङ्ख्या

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ...

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ ।...

चौथो टेस्ट भारतको पक्षमा

ब्रिसवन । अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट भारतले आफ्नो पक्षमा पारेको छ । यो जीतसँगै भारतले चार टेस्टको शृङ्खला २–१ ले जितेको छ । एक खेल...

सिरी ‘ए’ ६ सातामा सकाउने

रोम । कोरोना महामारीको त्रासपछि इटालियन सिरी ‘ए’को स्थगित खेलहरू आगमी जुन २० देखि पुनः सुचारु हुँदै छ । इटालियन फुटबल फेडेरेसन (एफआईजीसी)ले सोमबार...

महिला लिग अर्काे महिना

काठमाडौं।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रथम उपमेयर राष्ट्रिय महिला लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एन्फाले बिहीबार उपमेयर राष्ट्रिय महिला लिग...

उच्च सतर्कता अपनाऔं

नयाँ वर्षको सुरुवातसँगै अनपेक्षित रूपमा देशभित्र देखापर्दै आएको कोरोना संक्रमण वैशाखको अन्त्यसँगै उच्चतातिर प्रवेश गरेको छ । यसले देशमा सबैलाई चिन्तित बनाएको छ ।...

समुदायस्तर कोराना जाँच

पाल्पा । तानसेन नगरपालिका पाल्पामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि उनिसँग सम्र्पकमा आएका सहित समुदायस्तरमा परिक्षणलाई स्वाब संकलन थालिएको छ । विशाल बजारमा रहेका एक...

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

तुलसीपुर । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११००...

अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला...

सबै वडामा कोरोना संक्रमितको निगरानी अनिवार्य गर्नुपर्ने

तुलसीपुर । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका विषयमा तुलसीपुरमा वृहत छलफल भएको छ । कोरोना, चट्याङ, आगलागी र बाढीबाट बच्नका लागि गर्न सकिने पूर्व...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)