Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home Editor-Picks प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज
[adrotate group="3"]

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

संवैधानिक इजलासमा ४ माघदेखि निरन्तर सुनुवाइ

[adrotate group="30"]
[adrotate group="31"]

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना रिट निवेदकको निवेदन खारेज गर्दै संवैधानिक इजलासले ४ माघदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको हो ।

सो आदेशअनुसार अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलसाले सो रिटमाथि आगामी आइतबारदेखि निरन्तर सुनुवाइ गर्नेछ ।

‘प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकारभित्रको नभएकाले बृहत् पूर्ण इजलासबाट सुनुवाइ गरी पाऊँ,’ भन्ने द.नं. ४४९९ मिति २०७७-९-२२ को निवेदन पेस भयो,’ आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नुपरेन । कानुनबमोजिम गर्ने ।’

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा १३ वटा रिट विचाराधीन छ । संवैधानिक इजलास कि बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा शुक्रबार भएको बहसमा पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले मन्त्रिपरिषद् बैठकले संविधानको कुनै पनि धारा उल्लेख नगरी प्रतिनिधिसभा विघटन गरेको भन्दै इजलासमा प्रश्न उठाएका थिए । मन्त्रिपरिषद्ले गरेको सिफारिसमा प्रतिनिधिसभा विघटनमा संविधानको कुनै धारा उल्लेख छैन ।

‘राष्ट्रपतिबाट संसद् विघटन गर्दा संविधानको धारा थपेको देखियो,’ वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘सिफारिसमा नै नभएको अनुमोदनमा संविधानको धारा किन थपियो ?’

वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रधानमन्त्रीले संसद् विघटनका लागि गरेको सिफारिसबारे जानकारी लिएका थिए । प्रधानन्यायाधीश राणाले भने सर्वोच्चमा पेस भएर पनि सो फाइल सरकारले फिर्ता लिइसकेको जानकारी गराएका थिए ।

यस्तै प्रतिनिधिसभा विघटनको विषयमा आफ्नो राय दिन गठित एमिकस क्युरीका सदस्य बद्रीबहादुर कार्कीले संवैधानिक इजलासमै न्यायाधीश थपेर सुुनवाइ गर्न सुझाव दिएका थिए । मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि बृहत् पूर्ण इजलासमा गर्ने भन्ने विषयमा आफ्नो राय दिँदै उनले सो मुद्दामा संवैधानिक इजलासमा न्यायाधीश थपेर सुनुवाइ हुनुपर्ने राय राखेका हुन् ।

भ्रम नफैलाउन सर्वोच्चको चेतावनी
सर्वोच्च अदालतले प्रधानमन्त्रीले संवैधानिक इजलासका न्यायाधीशहरूलाई भेटेको भनी चलाइएको हल्ला मिथ्यापूर्ण, भ्रामक र कपोकल्पित भन्दै त्यस्तो भ्रम नफैलाउन केही सञ्चार माध्यमलाई चेतावनी दिएको छ । साथै सर्वोच्च प्रशासनले त्यस प्रकारको समाचारप्रति खेद व्यक्त गर्दै त्यस प्रकारका भ्रमपूर्ण समाचार लेख्नेहरू कानुनी दायरामा आउन सक्नेतर्फ सचेत पारेको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण समाचार र कार्यहरू पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुने भन्दै कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षणसमेत गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘न्यापालिकको स्वच्छता र अदालतको जनआस्थामा प्रतिकूल प्रभाव पार्ने मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोकल्पित समाचार सम्प्रेषण हुनु दुःखद र खेदजनक विषय हो ।’

अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने कुत्सित मनशाय राखी सत्यतथ्य यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कार्यबाट सम्पूर्ण प्रेस जगत्प्रतिको विश्सनीयतामा समेत आँच आउन सक्ने अवस्था रहने भन्दै सर्वोच्च प्रशासनले सञ्चारमाध्यमलाई गम्भीर ध्यानाकृष्ट गराएको हो ।

[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौं । पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोधपछि बैठक बुधबारसम्मका लागि स्थागित भएको छ । संवैधानिक परिषद्को काम, कार्यव्य र...

अधिकांश प्रयोगशालाबाट हुनै छाड्यो कोरोना परीक्षण

काठमाडौं । देशभर रहेका अधिकांश प्रयोगशालाबाट कोरोना परीक्षण हुनै छाडेको छ । कोरोना भाइरस परीक्षण गर्न तोकिएका ८३ प्रयोगशालामध्ये पछिल्लो २४ घण्टामा ३८ प्रयोगशालाबाट...

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा...

अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

काठमाडौं । अनमोल केसीको चलचित्र ‘पारस’को छायांकन सुरु नहुँदै सरेको छ । यो फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गरिने भन्दै यसका निर्माता भुवन...

सग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा । श्रीराम सिग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ पोखरा शाखाले संस्थापक अध्यक्ष सिग्देललाई पहिलो पटक...
[adrotate group="34"]

साताका लोकप्रिय समाचार

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

बालविवाह : महिला, बालबालिका कानूनी अधिकारबाट वञ्चित

टीकापुर । बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

काठमाडौं । अनमोल केसीको चलचित्र ‘पारस’को छायांकन सुरु नहुँदै सरेको छ । यो फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गरिने भन्दै यसका निर्माता भुवन...

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई...

ट्रेन्डिङ

थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । विगत २४ घण्टामा देशभर एक हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको...

अपहरणको आरोप प्रमाणित भए माननीयज्यूहरुकै अगाडि झुन्डिएर मर्न तयार छु : सांसद श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको...

सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई

इलाम । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्याेदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार...

कोरोनाको उपचारका लागि सारथिद्वारा आइसोलेसन स्थापना

धनगढी । कैलालीको धनगढीस्थित नीजि अस्पताल सारथिले कोरोनोको संक्रमणको उपचारका लागि अलग्गै आइसोलेसन स्थापना गरेको छ ।

भारतसँग सीमा जोडिएका ५ नाका बन्द, पाँचमा हेल्थ डेस्क

बैतडी । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न...

कोभिड–१९ र यसबाट पर्ने प्रभाव

सन् २०१९ मा चीनको वुहानमा देखिएको कोरोना भाइरसले विश्वभर संक्रमण गरिरहेको छ । यसबाट बहुआयामिक प्रभाव सबैतिर पर्ने लक्षण देखिँदै गएका छन् । अहिले...

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

काठमाडौँ । अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

एजेन्सी । बलिउड फिल्म उद्योगमा केही महिला यति धेरै प्रभावशाली छन् । जसको फलोअर्स तीन खानको भन्दा पनि बढी छ । यी महिलाहरुले पुरुष...

अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

काठमाडौं । अनमोल केसीको चलचित्र ‘पारस’को छायांकन सुरु नहुँदै सरेको छ । यो फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गरिने भन्दै यसका निर्माता भुवन...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको...

पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला...
[adrotate group="38"]

धेरै पढिएका

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले...

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’...

एम्बुलेन्सको ठक्करबाट बाटो काट्दै गरेकी वृद्धाको मृत्यु

सुनसरी । कोसी राजमार्गस्थित सोनापुर चोकमा बाटो काट्दै गरेकी एक वृद्धाको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती...

सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाइयो, सात नेतामाथि कारबाही

काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय रहेका ७ जना नेतालाई कारबाही गरेको छ । आज बुधबार बसेको सो समूहको बैठकले सुवासचन्द्र...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?