मन्दिर निर्माण समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ साकेतधाम विष्णु मन्दिरको खुड्किला निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा दर्ता गरेको छ । मन्दिर निर्माणको क्रममा खुड्किलो बनाउँदा साढे चार लाख भ्रष्टाचार गरेको आरोपमा समितिका अध्यक्ष कर्णबहादुर विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

मन्दिरमा खुड्किला निर्माणका लागि पेस्की लिएर पनि फछ्र्याेट नगरेपछि आयोगले छानबिन गरेको थियो । मन्दिर (विष्णुधाम) मा खुड्किला निर्माण योजनाका लागि आर्थिक वर्ष २०६५÷६६ मा विष्टले नगरपालिकाबाट ४ लाख ५० हजार रुपैयाँ लिएको र उनले निर्माण कार्य नगरी आफूलाई मात्रै गैरकानूनी लाभ पु¥याउने काम गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ ।

सरकारलाई नोक्सानी र आफूलाई गैरकानूनी लाभ लिने काम गरेको भन्दै विष्टविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिम साढे चार लाख बिगो र सोहीअनुसारको जरिमाना र कैदसमेत माग गर्दै विशेष अदालत मुद्दा दर्ता भएको छ ।

त्यस्तै, अख्तियारले कञ्चनपुरकै सरस्वती माध्यमिक विद्यालयका शिक्षक इन्द्रसिंह थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले अवैध शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएका थिए । थापाले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश वाराणसीअन्तर्गतको ड्रमन्ड इन्टर कलेज पिलिमित भारतबाट हाइस्कुल तह उत्तीर्ण गरेको भन्दै झुटो शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोग छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो