Tuesday, March 9, 2021
Home Editor-Picks निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

दलहरूलाई दिइयो कार्यक्रमबारे जानकारी

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो ।

आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी गर्नुपर्ने भएकाले अघिल्ला निर्वाचनमा भन्दा खर्च केही बढ्ने अनुमान गरेको छ । सो विषयमा प्रारम्भिक खाका बनाउने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

संसद् विघटनको घटनापछि सरकारको सिफारिसमा दुर्ई चरणमा गर्ने गरी तोकिएको निर्वाचनको तयारी गर्न आयोगले निर्वाचन कार्यायोजनासमेत तयार गर्दै गरेको छ । आयोगले कार्ययोजनामा निर्वाचन तालिकादेखि निर्वाचन कार्यक्रम र खर्च तथा व्यवस्थापनका विषयलाई समेट्दै छ ।

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो । त्यस बखतको निर्वाचनमा सरकार, सुरक्षा निकाय, पर्यवेक्षकलगायतमा तीनै तहको निर्वाचनमा गरी ३० अर्बभन्दा बढी खर्च भएको थियो ।

यसअघि २०६४ निर्वाचनमा आयोगका लागि मात्र २ अर्ब २५ करोड खर्च लागेकामा २०७० मा बढेर ४ अर्ब ५२ करोड खर्च भएको थियो । आयोगले निर्वाचनकै सन्दर्भमा आइतबार राजनीतिक दलका प्रतिनिधिलाई समेत बोलाएर निर्वाचन तयारीबारे छलफल गरेको छ । निर्वाचन घोषणा भएपछि आफ्नो पक्षबाट हुँदै आएको तयारी र भइरहेका कामबारे आयोगले राजनीतिक दलका प्रतिनिधिलाई जानकारी गराएको हो ।

आयोगमा भएको छलफलमा संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको थियो । आयोगका प्रवक्ता श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४७ मा भएको व्यवस्थाअनुसार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर मतदाता अद्यावधिक कार्यक्रम र तयारीबारे अवगत गराएको जानकारी दिए ।

श्रेष्ठले आयोगले निर्वाचन कार्यक्रम, मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण र पुनरावलोकन कार्यक्रमबारे छलफलका क्रममा दलहरूलाई जानकारी गराएको बताए ।

‘आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४७ मा भएको व्यवस्थाअनुसार निर्वाचन तयारी, निर्वाचन कार्यक्रम, मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदान स्थल तथा केन्द्र निर्धारण र पुनरावलोकन कार्यक्रमबारे दलहरूलाई जानकारी गराएको हो,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

उनले छलफलका क्रममा दलका प्रतिनिधिसँग आयोगले आफूले गर्दै आएका काममा दलका स्थानीय प्रतिनिधिको समेत साथ मागेको जानकारी दिए । छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलका तर्फबाट आम नागरिकलाई सुसूचित गराइदिन पनि दलका प्रतिनिधिसँग आग्रह गरेको छ ।

सो क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले नै निर्वाचन तयारीमा आयोग अघि बढ्दा आयोगको विश्वसनीयता र निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने बताए ।

उनले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन पनि आयोगलाई आग्रह गरे । नेपाली कांग्रेसका तर्फबाट छलफलमा सहभागी नेता आनन्दप्रसाद ढुंगानाले आयोगलाई निर्वाचनको तयारीमा साथ दिने बताए ।

आयोगले २३ पुसबाट मतदान स्थल, मतदान केन्द्र निर्धारण र पुनरावलोकनको काम गरिरहेको छ भने जिल्ला निर्वाचन कार्यालयका अधिकारीलाई सोबारे प्रशिक्षण दिएको छ । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य १७ माघमा सम्पन्न गर्नेछ । यस्तै आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम १५ माघदेखि २१ माघसम्म सञ्चालन गर्दै छ । आयोगले मतदातालाई आफ्नो स्थानीय तहका केन्द्रमा गएर मतदाता नामावलीमा भएको त्रुटि सच्याएर अद्यावधिक गर्न समेत आग्रह गर्दै आएको छ ।

निर्वाचनको मिति घोषणा भएलगत्तै आयोगले गत ६ पुसबाट नै मतदाता नामावली संकलनको काम भने स्थगित गरिसकेको छ । आयोगले गत ५ पुससम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले वैशाखका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पाउने जनाएको छ ।

आयोगले आइतबारको छलफलमा नेकपाका दुवै समूहसहित कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएरै छलफलमा बोलाएको थियो ।

(Visited 117 times, 1 visits today)
Loading comments...

आजको समाचार

८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ

कपिलवस्तु । ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय...

कर्णाली नदीमा हाम फालेका पाँचमध्ये आमा र छोराको पनि शव भेटियो, अझै एक जनाको बाँकी

दैलेख । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार करिब १२ बजेतिर सुकी र उनका...

साताका लोकप्रिय समाचार

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा...

उहिले घरजग्गा पास, अहिले भने उठिवास : माओवादी ‘जनयुद्ध’मा भएको किनबेचको किचलो अझै

रुकुम पश्चिम । माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी...

काठमाडौंका सडकमा फेरी खाल्डाखुल्डी

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका मुख्य तथा भित्री सडकमा फेरि खाल्डाखुल्डी देखिन थालेका छन् । विभिन्न प्रयोजनका लागि सडक खन्ने तर पिच नगर्ने क्रम...

गौर हत्याकाण्डका पीडित न्याय माग्दै काठमाडौंमा

काठमाडौं । गौर हत्याकाण्डका पीडितहरू न्याय माग्दै काठमाडौं आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग...

भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

दैलेख । भारतमा बस दुर्घटना हुँदा दैलेखका ४ जना नेपालीको मृत्यु भएको छ । मुत्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगरा भीमबहादुर रावल, श्रीमति बुद्धि...

ट्रेन्डिङ

नेकपा विवाद: आ–आफ्नै अडानमा शीर्ष नेता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बढ्दै गइरहेको विवाद मिलाउन प्रयास भए पनि शीर्ष नेताहरू आ–आफ्नै अडान रहेकाले विवादको समाधान हुन सकेको छैन...

पाकिस्तानमा हिन्दू मन्दिर हस्तान्तरण गरियो

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको जोब जिल्लामा निकै समय अघिदेखि बन्द रहेको मन्दिर हिन्दू समुदायलाई हस्तान्तरण गरिएको छ । जोबको जिल्ला...

विदेशी खेलाडीलाई राहत

काठमाडौं । पूर्वराष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन् । वेस्ट काठमाडौं फुटबल क्लबका...

आरडीटी पोजेटिभ देखिएपछि क्वारेन्टाइनबाट निकालेर भैसी गोठमा राखियो

दैलेख । भैरवी गाउँपालिका –३ को देउती आधारभुत क्वारेन्टाईनमा राखिएका चार जनामा आरडीटी पोजेटिभ देखिएपछि क्वारेन्टाईनबाट भैसी बाँध्ने गोठमा सारिएको छ । -यापिड डायग्नोस्टिक...

स्वास्थ्य पत्रकार मञ्चको अधिवेशन सम्पन्न, अध्यक्षमा रामप्रसाद न्यौपाने

काठमाडौं । स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् । स्वास्थ्य पत्रकारहरुको साझा संगठन स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा न्यौपाने निर्वाचित भएका...

यसकारण बढ्दैछ संक्रमितको संख्या

काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन) लम्ब्याए पनि कोरोना भाइरस संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । अव्यवस्थित क्वारेन्टिन, नाका कडाइ नहुनु, कन्ट्याक्ट ट्रेसिङ नबढ्नु...

भोलिदेखी नयाँ चरणको लकडाउन, पुरानै पासमा सवारी चलाउन पाइने

काठमाडौं । भोलीबाट थपिने लकडाउनमा सवारी धनीले पुरानै सवारी पासमा सवारी साधन चलाउन पाउने भएको छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि सुरु हुने अर्को...

कैलालीमा प्रधानमन्त्रीको समर्थनमा निकालिएको -यालीमा झडप

धनगढी। कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा निकालिएको -यालीमा झडप भएको छ । सोमबार साझ लम्कीबजारमा सचेत युवाहरु नाम दिएको समुहले प्रधानमन्त्री ओली पक्षमा...

सभामुखबाट नवनिर्वाचित सांसद पाण्डेले लिए शपथ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा...

स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखे पनि कार्यक्रमको प्रभावकारितामाथि भने प्रश्न उठेको छ । कार्यक्रमको दिगोपनाका लागि...

महाराजगञ्ज प्रहरी वृत्तका डीएसपीसहित २३ जनालाई कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगन्जका कार्यालय प्रमुख डीएसपीसहित २३जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले रिपोर्टअनुसार बुधबारसम्म...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)