Tuesday, March 2, 2021
Home प्रदेश प्रदेश ३ सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका लागि भौतिक पूर्वाधार निर्माणका काममा थप प्रक्रिया थालिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ । पनौती नगरपालिका–५ स्थित उक्त पार्कमा सरकारले गत वर्ष प्रेस राख्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको शुरुआत गरिएको हो । प्रारम्भिक चरणमा करिब रु ३३ अर्बमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको केन्द्र निर्माण सम्पन्न गर्न क्रमागत बजेट विनियोजन गरिने जनाइएको छ ।

सूचना प्रविधि पार्कमा स्थापना गरिएको सुरक्षण मुद्रण केन्द्रमा सेक्यूरिटी प्रिन्टिङ पे्रसको निर्माणसम्बन्धी काम भने हाललाई प्रशासनिक प्रक्रियाका लागि रोकिएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले जानकारी दिए । पौडेलका अनुसार केन्द्र निर्माणको आयोजनालाई ‘बुहवर्षीय’ बनाउने प्रक्रियालाई केही समय रोकिएको हो । ‘आयोजना बहुवर्षीय बनाउन अर्थ मन्त्रालयमा बजेटसहितको प्रक्रियामा छ, प्रक्रिया सकिएलगत्तै काम शुरु भइहाल्छ’, उनले भने । सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सूचना–प्रविधि पार्कको माथिल्लो स्थानमा सेक्यूरिटी प्रिन्टिङ प्रेस ९सुरक्षण मुद्राण केन्द्र०निर्माणाथ पहुँचमार्गका लागि बनाइको पर्खाल । तस्वीर : रासस

छापाखाना निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमीन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माणको काम भएको निर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार हाल खानेपानीका लागि एक÷एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङ्की निर्माण, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । निर्माणको चरणमा रहेको पार्कभित्र जमीनमुनि विद्युतीय ‘हाई भोल्टेज’का तार रहेकाले त्यसलाई छेउतर्फ व्यवस्थित गरेपछि भवन निर्माणको काम थालिनेछ । आवश्यकीय भवन तथा अन्य भौतिक संरचना निर्माणका लागि आयोजनालाई बहुवर्षीय बनाउन आवश्यक रहेको जनाइएको छ । ‘फण्डको कमिटमेन्ट नभइ बोलपत्रमा जान नमिल्ने भएकाले आयोजनलाई बहुवर्षीय बनाएर काम थाल्न लागिएको हो’, पौडेलले भने । उनका अनुसार प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रुपमा बाहिरिने रु १० अर्ब जोगिनेछ ।

वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको पार्कमा सुरक्षण मुद्रण केन्द्र स्थापना गरी प्रेसको काम शुरु गरिएको हो । कूल २५७ रोपनी जमीनमा अवस्थित पार्कभित्र हाल दुई वटा ठूला व्यापारिक÷प्रशासनिक भवन तथा चार वटा सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन छन् । तर, पे्रस स्थापनार्थ विभिन्न भवन निर्माण प्रक्रियाका लागि एक÷दुई भवन भत्काउनुपर्ने भएकाले छलफल भइरहेको उनले बताए ।

यो पनि पढ्नुहोस   भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

उनले भने, ‘भवन जोगाउने कि, भत्काउने भन्ने विषयमा छलफल गर्दैछौँ, अत्यावश्यक भए भत्काउनुपर्ने पनि हुन्छ ।’ उनका अनुसार केन्द्रका लागि दुई सय प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ । साथै, कुन भवन÷स्थानमा कस्तो प्रकारको पे्रस–मेसिन राख्ने भन्ने विषयमा विस्तृत छलफल गर्न पनि बाँकी नै रहेको जनाइएको छ ।

यसैबीच पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा केन्द्र निर्माणको काममा कुनै पनि बहानामा ढिलाइ हुन नहुने बताउँछन् । उनी भन्छन्, ‘केन्द्रका लागि जनशक्ति र बजेट अभाव हुन्न, यो दीर्घकालीन राष्ट्रिय गौरवको आयोजना भएकाले यसको काम योजनाअनुसार निरन्तर भइरहनुपर्छ ।’

प्रेस सञ्चालनमा आएपछि सुरक्षित छपाइको नाममा देशको अर्बौ रुपैयाँ विदेशिनेबाट रोकिने तथा सयौँ युवाले रोजगारी पाउने उनी दाबी गर्छन् । उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री रहँदा पार्कमा सेक्यूरिटी प्रिन्टिङ प्रेस स्थापना कार्यको शुरुआत् भएको हो ।

विसं २०५७ मा निर्माण शुरु गरिएको उक्त आइटी पार्क निर्माणकार्य सम्पन्न भई ०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । दक्षिण एशियामै ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । कम्पाउण्डभित्रका आकर्षक देखिने भव्य भवनले बनेपा–पनौतीबाटो भएर हिँड्दा जो कोहीलाई के प्रयोजका लागि बनाइएको पत्तो हुने थिएन । प्रयोगविहीन अवस्थामा रहँदा उक्त पार्कमा यसअघि चलचित्रको छायाङ्कन, जिल्लाका राजनीतिक तथा अन्य कार्यक्रम हुँदै आएका थिए । यसबीचमा केही सूचना–प्रविधिका संस्थाले पार्कमा बसेर काम थाले पनि छोटो समयमै छाडेर जाने गर्दै आएका थिए । त्यसो त, सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको छ । सोहीअनुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी दश वर्षभित्र सुरक्षण मुद्रण सम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एशियाका राष्ट्रलाई उपलब्ध गराउने छ ।

साथै, तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो । सरकारले प्रेस मेसिन खरीदका लागि भने दुई देशका सरकार–सरकारबीच जी टू जी’ सम्झौता गर्ने जनाउँदै आएको छ । यसबारे छलफल हुने चरणमा रहेको केन्द्रले जनाएको छ ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली

काठमाडौँं । नेत्रविक्रम चन्द समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ’दीपक’ सदस्य...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

साताका लोकप्रिय समाचार

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको...

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक बिहान साढे ८ बजे भनिएको थियो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

ट्रेन्डिङ

सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन...

नौ कक्षा पढेपछि स्कुल छाडेका थिए तेजस्वी यादवले

नयाँ दिल्ली । तेजस्वी यादव बिहार के एक युवा नेता हुन्, जो एक राजनीतिक परिवारका सदस्य हुन् । उनका बुबा आमा बिहारका मुख्यमंत्री भैसके...

म्यानमार भएको सैनिक ‘कू’ को सर्वत्र विरोध

न्यापिटअ । म्यानमारको सैनिक टेलिभिजनले म्यानमारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरूले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकीसहित देशका सबैजसो वरिष्ठ...

चलचित्र विकास बोर्ड अध्यक्षको आवेदन माग

काठमाडौं । विगत पाँच महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मन्त्रालयले मंगलबार...

अरुण तेस्रोका मजदुरको आन्दोलन जारी

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरले मंगलबारपनि आन्दोलन जारी राखेका छन् । ज्याला नबढाएको र जिल्ला...

पहाडी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

शून्य डिग्रीमा झर्यो काठमाडौँको तापक्रम, जुम्लामा माइनस ८

काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको...

बाँके कारागारका कोरोना संक्रमित कैदीबन्दीको मृत्यु

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुष...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

सर्वोच्चको फैसला पालना गरौं

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि अब प्रतिनिधिसभा स्वतः पुनःस्थापित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघठन गरेपछि...

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)