Tuesday, March 2, 2021
Home भर्खरै प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाए । प्रधानमन्त्रीले दुई वर्षसम्म सरकार राम्रोसँग चलाएकाले निर्दोष सदन विघटन गर्न नपाइने जिकिर गरे ।

‘पुस १७ गते संसद् अधिवेशन बस्ने तयारी थियो, ५ गते नै विघटन गरियो र केही अध्यादेश पनि ल्याइयो, यो न्यायोचित भएन । यसबाट प्रधानमन्त्री संंसद्पति उत्तरदायी नभएको ठहर्छ’, उनले भने ।
यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नसक्ने बताउँदै उनले संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर विघटन गर्न नमिल्ने तर्क दिए । ‘प्रधानमन्त्रीको लिखित जवाफमा दिइएको आरगुमेन्ट (तर्क) पनि मिल्दैन’, उनले भने, पार्टीभित्रको विवाद मिलाउन नसकी प्रतिनिधिसभा नै विघटन गरेर संसद्लाई पीडित बनाउन मिल्दैन । ताजा जनादेश मात्र भनेर हुँदैन ।’

संविधानले नदिएको अधिकारका आधारमा निर्वाचन गर्न नमिल्ने जनाउँदै उहाँले ताजा जनादेशमा जान त प्रजातान्त्रिक अभ्यास हुनुपर्छ भने । विसं २०५२ को तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन मुद्दामा पनि संसद् विघटन गरेर ताजा जनादेशमा जानु राजनीतिक विषय भए पनि विघटन गर्दा संविधानसम्मत हुनुपर्छ भनी फैसला भएको जिकिर उनले गरे । ‘संसदीय अभ्यासलाई नमानीकन प्रतिनिधिसभा विघटन गर्नुहुँदैन’, पोखरेलले भने ।

रिट निवेदकै तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले निर्वाचनमा जाने जनताको मनस्थिति नभएको जनाउँदै संविधानले प्रतिनिधिसभा विघटन अधिकार नदिएकाले मिल्ने भनी व्याख्या गर्न नमिल्ने जिकिर गरे । सत्तारुढ पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीले एकल निर्णयमा निर्दोष प्रतिनिधिसभा गर्न नपाइने तर्क पनि उनले दिए । आज सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः मङ्गलबारका लागि तोकिएको छ । गत पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु भएको हो ।

उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।

यो पनि पढ्नुहोस   भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

गत १० पुस गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसक्नुभएको छ ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए ।

कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा, १३३ को उपधारा, २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।रासस 

(Visited 53 times, 1 visits today)
Loading comments...

आजको समाचार

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली

काठमाडौँं । नेत्रविक्रम चन्द समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ’दीपक’ सदस्य...

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

साताका लोकप्रिय समाचार

घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रूपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

ट्रेन्डिङ

जुम्लामा हिमपात : कृषकलाई लाभ, जनजीवन कष्टकर

जुम्ला । जुम्लामा वर्षासँगै हिमपात भएको छ । बिहिबार बेलुका साँझ ८ बजेबाट सुरु भएको हिमपात शनिबारसम्म पनि रोकिने र हिउँ पर्ने क्रम जारी...

खुल्ला त अब स्वास्थ्य अनुसन्धानको ढोका ?

मेरा एक जना आत्मीय साथी स्वास्थ्य अनुसन्धानका २० वटा जति कृति प्रकाशित गरिसकेपछि वैज्ञानिकका हैसियतमा काम गर्न भनी युरोप, अमेरिकाका अनुसन्धानात्मक...

फेक न्युज, प्रोपोगान्डा र परिणाम

फेक न्युजलाई जंक न्युज, तथा सिउडो न्युज पनि भनिन्छ । गलत सूचना वा जानकारीका माध्यमबाट समाजमा अफवाह फैलाएर उथलपुथल ल्याउने कार्य गर्ने माध्यम फेक...

ढुक्क हुनुहोस् नेपालमा हालसम्मको परीक्षणमा कसैमा पनि कोरोना भेटिएको छैन् : निर्देशक झा

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी...

एक व्यक्तिमा भेटियो कोरोना भाइरस पोजेटिभ

काठमाडौं । फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...

सेते दाइको परिवारलाई सहयोग

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कार्यरत दिवंगत कर्मचारी जयबहादुर तामाङ (सेते दाइ)को परिवारलाई नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आर्थिक सहयोग गरेको छ ।
यो पनि पढ्नुहोस   ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी
नेपाली राष्ट्रिय...

पूर्वाधार आर्मीलाई हस्तान्तरण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौं भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा रहेको फुटबल मैदानका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निर्माण गरि शुक्रबार सेनालाई...

अभिनेत्री श्वेताका कारण पति मानसिक पीडामा

मुम्बई । बलिउड अभिनेत्री श्वेता तिवारी सेलिब्रेटी भएका कारण उनको कुरा मात्र सबैले सुन्ने गरेको आफ्ना पीडालाई बेवास्ता गरेको उनका पतिको कथन छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग...

रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)