Friday, March 5, 2021
Home Not-to-be-missed अनि कोमललाई विवाह गर्ने चाहना हरायो

अनि कोमललाई विवाह गर्ने चाहना हरायो

काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ ?’

यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले राजधानीसँगको भेटमा भनिन्, ‘खै अब त के विवाह गरिएला र ! मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।

एक समय थियो । जब उनले स्कुलबाट एसएलसी पास गरेकी थिइन् । त्यतिबेला उनी एक जना साथीको विवाहमा गइन् । सो विवाहको क्रममा उनले ती साथीलाई बेहुलीको रूपमा तयार गरिन् । त्यति बेला उनले पनि बेहुली बनेर श्रीमान्को घरमा जाने कल्पना गरेकी थिइन्, ‘अझ बेलुका पक्षका केही केटाहरूले मलाई तपाईं त कत्ति राम्रै भन्दै विवाहको प्रस्तावसँगै राखेका थिए ।

त्यतिबेला मलाई जीवनमा बेहुली त बन्नैपर्छ जस्तो लागेको थियो ।’ ती साथीलाई अन्माएर बेहुलासँग पठाउँदा साथी रोएपछि उनलाई केही नमज्जा पनि लाग्यो । तर, त्यसको केही दिनमै आफ्नो साथीलाई श्रीमान्ले औधी माया गरेको देखेर उनलाई फेरि विवाह गर्ने चाहना जागेको थियो ।

स्कुले जीवन सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि उनी गायन र खेलकुदमा व्यस्त रहिन् । त्यो समय उनी एथलेटिक्सतर्फ राष्ट्रिय खेलाडी थिइन् । उनी २०४४ सालमा गायिकासमेत भइसकेकी थिइन् । गायन र खेलकुदले उनलाई व्यस्त बनाउँदै गयो, ‘त्यो समय घरमा धेरै लमीहरू आएर बुबाआमासँग मेरो विवाहको कुरा चलाए । तर, म यता काठमाडौंमा खेलकुद र गायनमै व्यस्त रहेको कारण ती लमीहरूको चाहना पूरा हुन सकेन ।’

अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन ।

त्यस समय गायिका कोमल वलीलाई माया गर्नेहरू धेरै थिए, ‘धेरैले माया गर्छु भन्थे । तर, म उनीहरूलाई साथीको रूपमा लिन्थें ।’ सोही कारण त्यतीबेला आफूले केटाहरूलाई मरिहत्ते गरेर प्रेम नगरेको पनि यी गायिकाले बताइन् ।

कोमल ओलीको भनाइमा त्यतिबेला फोन तथा मोबाइलको जमाना थिएन । आफूलाई मन पराउनेहरूले पत्रमित्रको रूपमा चिठ्ठी पठाउने गरेको यी गायिकाको कथन छ, ‘पत्रमा सबैले तपाईं साह्रै राम्री हुनुहुन्छ भन्थे । अझ म २०५० सालबाट रेडियो नेपालमा समाचार वाचिकाको रूपमा अनुबन्धित भएपछि त मन पराउँछु भन्नेहरूको चिठ्ठी यति धेरै आयो कि त्यसको सीमा छैन ।’ त्यतिबेला आएका चिठ्ठीहरू अझै केहीप्रति आफूूसँग भएको पनि उनले बताइन् ।

यो पनि पढ्नुहोस   सुटुक्क बिहे गरेकी श्रेया घोषालले ‘बेबीबम्प’ सार्वजनिक गरिन्

एउटा चिठ्ठीको एक लाइनले यी गायिकाको जीवनको यात्रा नै परिवर्तन गरिदियो । त्यो चिठ्ठी पठाउनेसँग अहिले पनि कुराकानी हुने गरेको उनले बताइन् । तर, साथीको रूपमा कुरा हुने गरेको उनको कथन छ । ती व्यक्तिले चिठ्ठीमा विवाह गर्न उनलाई साह्रै जिद्धी गरे । तर, कोमल मानिनन्, ‘तिम्रो जीवन नाविकबिनाको नाउँ हो । जीवनले नदीको अन्तरकुन्तर कतै ठक्कर खाला अनि मात्र तिमीले थाहा पाउला ।’

यसरी विवाह नगर्दा दुःख पाइने संकेत ती व्यक्तिले गरेपछि आफू झन् सचेत भएर अघि बढेको पनि उनले बताइन्, ‘त्यतिबेलासम्म म रेडियो नेपालको जागिर र गायनले अत्यन्त व्यस्त भइसकेको थिएँ । अब मैले आफूलाई कत्तै ठक्कर खान नदिई स्वतन्त्र भएर आफ्नो लागि अघि बढ्नुपर्छ भन्ने लाग्यो ।’ त्यसपछि विवाहको चाहनालाई त्यागेर आफू अघि बढेको पनि उनले बताएकी छन् ।

गायिका कोमलका तीजसम्बन्धी गीतमा ‘पाेइल जाम पाम, तन्नेरी चाहियो, पोइ चाहियो’जस्ता शब्दहरू हुने गरेका छन् । यस्ता गीत गाउँदा कतिपयले उनलाई विवाह गर्न नपाएर गीतबाट पीडा पोखेको टिप्पणी पनि गर्छन । तर, त्यो कुरालाई कोमल अस्वीकार गर्छिन् । यो आफ्नो नभएर अरूको भावना पोखेको पनि उनले बताइन् ।

अब आफूलाई विवाह गर्ने, बच्चा जन्माउने, छोरा छोरीका लागि सम्पत्ति चडेर ठूलोमान्छे बनाउने र श्रीमान्सँग चारधाम घुम्न जानेजस्ता कुनै सपना नभएको उनको कथन छ । अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन । मुलुकको राजनीतिले नयाँ मोड लिँदै छ । नेकपाकी नेतृ बनेकी कोमल अब आगामी चुनावमा आफ्नो क्षेत्रबाट सांसदको रूपमा उठ्ने तयारी गर्दै छिन् ।

‘अहिले स्वतन्त्र छु र दाङका जनताको सेवा गर्न पाएको छु । बुबाआमाको चाहना नै म राजनीतिमा लाग्ने भएकाले अबको जीवन राजनीतिमै बिताउनै निष्कर्षमा पुगिसकेकी छु ।’ कोमलले भनिन्, ‘हामी अझै पनि संयुक्त परिवारमा भएकाले सबैका माया पाइरहेको छु । परिवारमा दाजुभाइ, बहिनीका छोराछोरी भएकाले उनीहरूबाट त्यतिकै माया पाइरहेकी छु ।’ सोही कारण आफू एक्लो र अविवाहित छु भन्ने महसुस नभएको पनि उनले प्रकाश पारिन् ।

(Visited 1,175 times, 1 visits today)
Loading comments...

आजको समाचार

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’...

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

साताका लोकप्रिय समाचार

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

ट्रेन्डिङ

कैलालीका युवा पनि कोरोना जितेर घर फर्किए

धनगढी । कैलालीका कोरोना संक्रमित एक जना युवक आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९, प्रतापपुरका २१ वर्षीय...

नाजिर र सुशीलाको रोमान्स

काठमाडौं । गीतकार अम्बिका गुरुङको 'कति माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लोकप्रिय गायक सुमन केसी र गायिका प्रबिशा अधिकारीको...

अनिर्णयको बन्दी बन्दै यातायात विभाग

काठमाडौं । यातायात व्यवस्थापनसम्बन्धी महŒवपूर्ण जिम्मेवारी बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभाग पटकपटक अकर्मण्यतामा फस्दै आएको छ । आवश्यक नीति नियम...

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका...

अवरुद्ध सडक खुलाउन पहल जारी

काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त विभिन्न सडकखण्डको अवरोध अझै हटेको छैन । बाढीपहिरोबाट राष्ट्रिय राजमार्गमा मात्रै सयभन्दा बढी स्थानमा क्षति पुगेको छ...

अन्तरकलेज फुटबलको उपाधि निहारिकालाई

मोरङ  । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधि विराटनगरकै निहारिका कलेजले जितेको छ । बिहिबार सम्पन्न फाइनल खेलमा ग्रिनल्याण्ड कलेजलाई...

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

वालिङ । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको...

नेकपाका दुवै समूह आक्रामक रणनीतिमा

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूह आआफ्नै रणनीतिअनुसार आक्रामक रूपमा अघि बढिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

धेरै पढिएका

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

पश्चिमी वायुको प्रभावले पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको आंशिक...

सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाइयो, सात नेतामाथि कारबाही

काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय रहेका ७ जना नेतालाई कारबाही गरेको छ । आज बुधबार बसेको सो समूहको बैठकले सुवासचन्द्र...

सुरक्षा ‘थ्रेट’प्रति सतर्कता जरुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भन्ने अभिव्यक्ति दिएपछि सिंगो देशको सुरक्षा व्यवस्थाको विषयलाई लिएर चिन्ता छाएको छ । तर,...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)