Friday, March 5, 2021
Home प्रमुख एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि पोखरेलले तीन घण्टा बहस गरे ।

पोखरेलले बिहान साढे ११ बजेदेखि दिउँसो ३ बजेसम्म अनवरत बहस गरेपछि इजलासले समयमा ध्यान दिन सुझाएको थियो । उनले लामो समय लिएपछि इजलासबाट न्यायाधीश अनिलकुमार सिन्हाले अब कति समय लिनुहुन्छ भनी सोधेका थिए । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न मात्रै ३६३ वटा वकालतनामा परेका छन् । एउटै व्यक्तिले घण्टौं बहस गर्ने हो भने मुद्दाको बहस सकिनै तीन महिनाभन्दा बढी समय लाग्ने देखिन्छ ।

अधिवक्ताले लामो समय लिएकै कारण कतै कर्नाटकको चुनाव जस्तो हुने त होइन भनी न्यायाधीश सिन्हाले अधिवक्ताहरूलाई प्रश्न गरे । सुनुवाइ गर्दा गर्दै चुनाव सम्पन्न हुने बेलासम्म बहस नसकिने अवस्था आउन सक्ने भन्दै उनले समय व्यवस्थापन गर्न सुझाए ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न मात्रै ३६३ वटा वकालतनामा परेका छन् । एउटै व्यक्तिले घण्टौं बहस गर्ने हो भने मुद्दाको बहस सकिनै तीन महिनाभन्दा बढी समय लाग्ने देखिन्छ ।

‘कर्नाटकको चुनाव जस्तो, यो संसद् विघटन गलत हो तर चुनावको तयारी भइसकेको हुनाले र पब्लिक मतका लागि जागिसकेको हुनाले कतै चुनावलाई रोक्नु नपर्ने भन्ने अवस्था पर्ला,’ उनले भने, ‘यहाँहरूले समयलाई म्यानेज गर्नुस् ।’

यो पनि पढ्नुहोस   अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

सोमबारको बहसमा रिट निवेदकका तर्फबाट बहस गर्दैै अधिवक्ता दिनमणि पोखरेलले प्रतिनिधिसभा विघटन भएसँगै संविधान नै बाँकी नरहने अवस्था आएको बताए । संसद् विघटनको मुख्य विषय संविधानसँग जोडिएकाले विघटनलाई सदर गरे संविधान रहने अवस्था नहुने उनको भनाइ थियो ।

उनले कोभिड नियन्त्रणका लागि दुई तिहाइ चाहियो भनेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने बताए । सोमबार संवैधानिक इजलासमा भएको बहसमा सहभागी हुँदै अधिवक्ता पोखरेलले प्रश्न गरे, ‘कोभिड नियन्त्रणका लागि दुई तिहाइ चाहियो भनेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्छ ?’

५ पुसमा संसद् विघटनपछि परेको १३ वटा रिटमा झन्डै एक महिना कुन इजलासमा बहस हुने भनेर समय खर्च भइसकेको छ । संवैधानिक इजलास कि बृहत् पूर्ण इजालासमा सुनुवाइ गर्ने भन्ने विषयमा पक्ष र विपक्षमा बहस गर्दा एक महिना लाग्यो । सँगै आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति पनि घोषणा भएकाले त्यसको काम पनि सरकारले गरिरहेको छ ।

(Visited 123 times, 1 visits today)
Loading comments...

आजको समाचार

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

साताका लोकप्रिय समाचार

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

गोर्खा वारियर नबन्दै गोर्खा वारियर–२ निर्माण सुरु

काठमाडौं । पहिलो शृंखला निर्माण नभई चलचित्र गोर्खा वारियरको दोस्रो शृंखला निर्माण हुने भएको छ । मंगलबार काठमाडौंमा गोर्खा वरियर–२ को निर्माण घोषणा गरियो...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सहमतिअनुसार...

सरकार र विप्लव समुहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौँ । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच दोस्रो चरणको वार्ता पनि बालुवाटार आजै सकिएको छ । आज बुधबार बिहान पहिलो चरणको...

ट्रेन्डिङ

औषधि उत्पादक भन्छन् – नेपालमा तीन महिना बढीको औषधि मौज्दात छ

काठमाडौँ । नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ ।...

भारतद्वारा ६०६ वर्ग किमि नेपाली भूमि अतिक्रमण : सीमाविद्

काठमाडौं । सीमाविद्हरूका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले...

चेन्नाइ र राजस्थानलाई सफलता

युएइ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा चेन्नाइ सुपर किंग्स र राजस्थान रोयल्स विजयी भयो । चेनाइले...

तनावमा प्रधानमन्त्री ओली : वामदेव कि युवराज ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जान तयार रहेको जनाएका छन् । पार्टी पुरानो निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै आफू राष्ट्रियसभा...

आउ, बदमासी गरेको प्रमाणित गर, कालो मोसो दलेर माझी बस्ती घुमाउ : श्वेता खड्का

काठमाडाै । सिन्धुपालचोकमा भूकम्पपीडित माझीहरूका लागि बस्ती निर्माण गरिरहेकी श्वेता खड्काले माझीहरुलाई विचल्ल्लीमा पारेको टिप्पणी सुरु भएको छ । सामाजिक सञ्जालमा लामो पत्र लेख्दै श्वेताले...

मलामीको नक्कली पास लिएर यात्रु ओसार्ने पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने बा.११ च ६३ नम्बरको स्कारपियो गाडीका चालक पक्राउ...

सवारीसाधन सुरु बिन्दुबाटै फर्काइँदै

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको...

सात खेलअघि नै लिभरपुललाई उपाधि

लन्डन । लिभरपुलले इंग्लिस प्रीमियर लिगको उपाधि जितेको छ । लिगको सात खेल बाँकी छँदै उसले यो उपाधि चुमेको हो । चेल्सीले बिहीबार राति...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

धेरै पढिएका

निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान्...

शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)