ओली बयस्क भैसके, अब उकालो लाग्न सक्दैनन् : योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली बयस्क भैसकेको बताएका छन् । प्रकृतिको नियम अनुसार बयस्क भैसकेको व्यक्ति उकालो लाग्न नसक्ने उनले बताएका हुन् ।

प्रतिनिधिसभा विघटनका सन्दर्भमा विषयमा बोल्दै नेता भट्टराईले घोषित राजा महाराजालाई जनताले फ्याँके पनि आफ्नै पार्टीभित्रका महाराजाहरुलाई चिन्न ढिला भएको बताएका छन् ।

व्यवस्था बद्लिए पनि नेताहरुको चरित्र र प्रवृत्ति नबदलिदा जनताले पटक पटक दुःख पाएको बताए । ‘पटक–पटक भएका राजनीतिक क्रान्तिहरुले बाहिर देखिएका महाराजलाई त फाल्यौं आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न र फाल्न सकेनछौं ।’ उनले भने ।

मंगलबार काठमाडौंमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अबको क्रान्तिले महाराज शैलीका शासक नखोजेको बताए ।

कम्युनिष्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भएको भन्दै उनले यसको हिसाब किताब चुक्ता गर्ने बेला आएको बताए । ‘अबको आन्दोलनले विधान, संविधान र जनअधिकारको खिलाफमा जाने शासक जन्मदैन भन्ने संकल्प गर्नुपर्ने छ’ नेता भट्टराइले भने ।

कार्यक्रममा उनले नेपाल प्रेस संगठन’bout विभिन्न भ्रम फैलाइएको भन्दै स्थापनाकालका अग्रजहरु शम्भु श्रेष्ठ, बालकृष्ण चापागाई र ओम शर्माहरु रहेको संगठन नै आधिकारिक प्रेस संगठन भएकाले नअल्मलिन सदस्यहरुलाई सुझाव दिए ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान