Tuesday, March 9, 2021
Home प्रदेश प्रदेश ३ ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा आज परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित एयरलाइन्सले आज पहिलोपटक माथिल्लो उचाइ गन्तव्यमा उडान गरेको हो । परीक्षण उडान H9 961 ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१५ बजे (स्थानीय समय) मा प्रस्थान गरी ल्हासाको गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे (स्थानीय समय) मा अवतरण भएको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।

ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो । यहाँ विश्वभरबाट बर्सेनि उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न जान्छन् । आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू शुरु गर्ने कम्पनीको व्यावसायिक योजनाअनुरूप नै भएको जनाइएको छ ।

एयरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दिले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासास्थित गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउनेछन् ।

परीक्षण उडानका लागि एअरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः माथिल्लो उचाइका लागि उडान भर्न H9 AJK नाममा दर्ता भएको नवीनतम् न्यारोबडी जहाज ए३१९–११५ प्रयोगमा ल्याएको छ । एक सय २० इकोनोमी र ०८ बिजिनेस क्लास सिटको व्यवस्था भएको एयरक्राफ्टलाई माथिल्लो उचाइको उडान भर्नका लागि परिमार्जित गरिएको छ । यो जहाजले अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाइ भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले भने, ‘हिमालय टोली गत वर्षदेखि नै ल्हासा जस्तोे माथिल्लो उचाइको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । आजको सफल परीक्षण उडानले सुरक्षा, टिम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ ।’

सो अवसरमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले ल्हासा गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एक मात्र विदेशी एअरलाइन्स हुन पाउनु हिमालयका लागि वास्तवमै गर्वको विषय भएको बताए । उनले यस उडानले माथिल्लो उचाइका हवाई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्दिष्ट गरेको मापदण्ड र आवश्यकताहरूको पालना सुनिश्चित गर्नाका साथै सीमापार सम्बन्ध सुदृढ पार्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

(Visited 52 times, 1 visits today)
Loading comments...

आजको समाचार

उहिले घरजग्गा पास, अहिले भने उठिवास : माओवादी ‘जनयुद्ध’मा भएको किनबेचको किचलो अझै

रुकुम पश्चिम । माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी...

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता...

प्रदेश राजधानीको विकासमा निरन्तर खबरदारी गरिरहेकी छु

पदमा खड्का, प्रदेश सांसद, कर्णली प्रदेश कर्णाली प्रदेशकी सांसद एवं युवा नेतृ पद्मा खड्काले प्रदेश राजधानीको विकासमा आफूले भरपुर सहयोग गरिरहेको बताएकी छन् । सुर्खेत...

एपीएफ अस्पतालमा एमआरआई र एचडियू सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको फागुन २४ गते समुद्घाटन गर्नुभयो । सोही...

साताका लोकप्रिय समाचार

एम्बुलेन्सको ठक्करबाट बाटो काट्दै गरेकी वृद्धाको मृत्यु

सुनसरी । कोसी राजमार्गस्थित सोनापुर चोकमा बाटो काट्दै गरेकी एक वृद्धाको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

सवारी दुर्घटनामा घाइतेलाई प्रदेश-२ प्रमुखले अस्पताल पु-याए

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत जिल्ला अन्तर्गत छिन्चु भन्ने ठाउँमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

सुरक्षा ‘थ्रेट’प्रति सतर्कता जरुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भन्ने अभिव्यक्ति दिएपछि सिंगो देशको सुरक्षा व्यवस्थाको विषयलाई लिएर चिन्ता छाएको छ । तर,...

ट्रेन्डिङ

ट्राफिक प्रहरी आफैँ यात्रु बन्दा …

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने १७ चालकलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर जाँदा बढी भाडा लिएको...

केही दिन हुस्सु र तुवाँलाे लाग्ने,पूर्वमा वर्षाकाे सम्भावना

काठमाडाैं ।  न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा...

ढोरपाटनमा बाढीले बगाएर १२ जना वेपत्ता (फोटोफिचर)

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । ढाेरपाटन  नगरपालिका-९ नम्बरको ढाेरपनटन उपत्यका पस्ने देउरालीबाट आएकाे पहिराेले...

असारे बजेट खर्चमा सुधारको आवश्यकता

चालू आर्थिक वर्षको धेरै बजेट पनि असारे विकासमा सकिने भएपछि आमजनतामा यसले प्रश्न खडा गरेको छ । अघिअघि डोजर र पछिपछि भेलबाढी तथा पहिरो...

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको...

आफ्नै लागि जम्मा भएको पैसा सात वर्षसम्म पाएनन् जुरे पहिरो पीडितले

सिन्धुपाल्चोक । जुरे पहिरो गएको सात वर्षसम्म पनि पीडितहरुको नाममा संकलन भएको सहयोग रकम पीडितहरुले नपाएपछि बलेफी गाउँपालिकाको अगुवाइमा सहयोग रकम पीडितहरुलाई तत्काल प्रदान...

आर्सनलद्वारा लिड्स युनाइटेड पराजित

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ ले पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे...

आर्सनल पनि कौटिन्हो अनुबन्धको दौडमा

लन्डन । इंग्लिस क्लब आर्सनल पनि ब्राजिली स्टार फिलिप कौटिन्होको अनुबन्धको दौडमा देखिएको छ । जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा खेलिरहेका स्पेनिस बार्सिलोनाका खेलाडी...

गणितमा महिलाको आकर्षण बढाउन जोड

काठमाडौं । विज्ञानमा महिला पहुँचको अन्तराष्ट्रिय दिवसको अवसरमा गणित विज्ञानमा नेपाली महिला (ओनिम्स) ले कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष प्रा.डा.शान्ति बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा...

अन्तर्राष्ट्रिय विमानस्थलमा २० लाखकी पर्यटन परी

काठमाडौं । कालो सारीमा रातो पारी (किनारा), सेतो पछ्यौरीमा रातो पारी । नेवारी मैचाको पहिरनमा सजिएकी पर्यटन परीले नेपाली, चिनियाँ र अंगे्रजी भाषामा बोल्न...

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको...

थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौँ । बितेका २४ घण्टामा विभिन्न जिल्लामा गरी ५५४ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)