Tuesday, March 2, 2021
Home Breaking News १० लाख कोरोना खोप आज आइपुग्ने

१० लाख कोरोना खोप आज आइपुग्ने

खोप भण्डारणदेखि लगाउनेसम्मको तयारी पूरा

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डा. श्यामराज उप्रेतीका अनुसार भारतबाट अनुदानमा ल्याइने कोभिसिल्ड भ्याक्सिन प्रत्येक व्यक्तिलाई दुई मात्रा दिइन्छ ।

उनले भने, ‘प्रत्येक व्यक्तिलाई दुई मात्रा कम्तीमा चार हप्ताको फरकमा लगाउनुपर्छ । एकपटकमा ०.५ एमएल मात्रा लगाउनुपर्ने हुन्छ ।’ यो खोप व्यक्तिको पाखुरामा लगाइन्छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ । खोप लगाउने ठाउँमा खोप लगाइसकेपश्चात् सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । अवाञ्छित घटना घटे सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ ।

डा. उप्रेतीले भने, ‘खोप लगाएपश्चात् कुनै घटना घटिहाले निष्पक्ष जाँचबुझ हुन्छ । अवाञ्छित घटना घटेपछि त्यसको जाँचबुझ गर्ने समिति छ । समितिले अध्ययन गर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप लगाउँदा कुनै समस्या देखिए उपचार खर्च सरकारले बेहोर्ने बताए । उनले भने, ‘खोप लगाउँदा कुनै समस्या देखिए उपचार सरकारले गर्छ । त्यसका लागि हामी तयारी अवस्थामा छौं ।’ नेपालको कानुनमा खोप लगाएपछि खोपकै कारण कुनै घटना घटे क्षतिपूर्तिको व्यवस्था छ ।

खोपलाई दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ । खोप लगाउन कसैलाई पनि बाध्य नपारिने र फराम भर्न लगाएर मात्रै खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गर्भवती, सुत्केरी, पहिलो मात्रा दिँदा समस्या देखिएका व्यक्तिलाई (दोस्रो मात्रा नदिने), १८ वर्ष उमेर समूह मुनिकालाई खोप दिन नमिल्ने खोप विज्ञहरू बताउँछन् । यस्तै, सिकिस्त बिरामीलाई अवस्था हेरेर केही दिनपछि पनि खोप उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ ।

यो पनि पढ्नुहोस   प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

हालसालै भारतमा सेरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप प्रयोगमा आएको छ । सो खोप एक जनाले दुई डोज लगाउनुपर्नेछ । पहिलो चरणमा ५ लाख नागरिकलाई खोप उपलब्ध गराइनेछ । नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउनेछ । कानुनी, प्रशाशनिक, आर्थिक र प्राविधिक समस्या हल भइसकेको र खोप लगाउन सम्पूर्ण तयारी सम्पन्न भएको छ ।

थप खोप खरिद प्रक्रियासमेत सरकारले अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक बुथबाट खोप उपलब्ध गराइनेछ । खोप अभियानलाई सफल बनाउन ८ हजार स्वास्थ्यकर्मी परिचालन गरिँदै छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला जिल्लामा तालिम भइरहेको छ । गत शुक्रबार नेपालले भ्याक्सिन आयातमा आपतकालीन स्वीकृति दिएको थियो ।

आज १० लाख डोज आउँदै
नेपाल सरकारको पहलमा भारत सरकारले नेपाललाई अनुदानमा दिने भनिएको कोरोनाविरुद्धको खोप १० लाख डोज (मात्रा) उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा उपलब्ध गराउने खोप आज (बिहीबार)नै नेपाल आइपुग्ने जानकारी दिए । नेपालमा आउने खोप कोभिसिल्ड हो ।

खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री त्रिपाठीले नेपाल र भारतबीच मित्रताको अनुपम उदाहरण भएको भन्दै आगामी दिनमा खोप खरिदमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताए । उनले खोप ल्याउन आर्थिक, प्रशासनिक र प्राविधिक जटिलता नभएको बताए ।

बुधबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी अनुदानमा खोप उपलब्ध गराउनेबारे जानकारी गराइएको थियो ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद...

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले भने, “सर्वोच्च अदालतको ऐतिहासिक...

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख...

सर्वोच्चको फैसला पालना गरौं

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि अब प्रतिनिधिसभा स्वतः पुनःस्थापित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघठन गरेपछि...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

ट्रेन्डिङ

साँखुमा १५ जना कोरोना भाइरस सङ्क्रमित

काठमाडौँ । शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५ पुगेको छ । उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित...

कोरोना संक्रमण र ज्येष्ठ नागरिक

कोभिड–१९ को सन्त्रास विश्वव्यापी रूपमा फैलदै गर्दा नेपालमा ज्येष्ठ नागरिकको सुरक्षामा संघीय, प्रदेश र स्थानीय सरकार संवेदनशील हुनु जरुरी छ । संयुक्त राज्य अमेरिकाले...

सप्तरीमा एकै परिवारका ६ सहित थपिए १५ संक्रमित

सप्तरी, राजविराज । सप्तरीमा एकै परिवारका ६ जना सहित १५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये कंचनरुप नगरपालिका...

वडाध्यक्षद्धारा तीन परिवारलाई क्रिया खर्च सहयोग

बारा । लकडाउनवाट प्रभावित एक गरिव परिवारलाई वडाध्यक्षले क्रियाखर्चको लागि खाद्यान्ह सहयोग गरेका छन् । फेटा गाउपालिका वडा नम्वर १ भलुहिभरवलियाका वडाध्यक्ष जयप्रकाश दासले गरिव...

विश्रामपुरको निती तथा योजना तर्जुमा तय

बारा । बाराको विश्रामपुर गाउपालिकाले निति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा बुधवार गाउँसभाको गाउँपालिका अध्यक्ष अमिरीलाल पाल र उपप्रमुख सुमित्रा देवीले...

खेलको सफल वर्ष २०७६

काठमाडौं । आजबाट नेपाली नयाँ वर्ष २०७७ सुरु भएको छ । विगत एक महिनायता विश्वसँगै नेपालको खेलकुद गतिविधि पनि ठप्प छ ।...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

पाँच गोली लागेको अवस्थामा भेटिए तुलसीपुरका पौडेल

तुलसीपुर । पाँच गोली लागेको अवस्थामा तुलसीपुर एक व्यक्ति फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटी निवासी ४५ बर्षीय खुशलराम पौडेल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग...

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)