काठमाडौं । भारतको अहमदाबादमा रहेको सेल्भी अस्पतालले आफ्नो सेवा नेपालमा पनि विस्तार गर्ने तयारी गरेको छ । स्थापनाको २५औं वर्षको अवसरमा अर्थोपेडिकका रूपमा चिनिएको सेल्भी अस्पतालले नेपालमा पनि सेवा विस्तार गर्ने तयारीका विषयमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
सेवा विस्तारका लागि विभिन्न अस्पतालसँग छलफल भइरहेको अस्पतालका अस्पतालका निर्देशक डा. भरत गज्जरले जानकारी दिए । उनले भने, ‘नेपालमा पनि सेवा विस्तार गर्ने हाम्रो योजना हो । यहाँ अस्पताल बनाउने नभई विभिन्न अस्पतालसँग सहकार्य गरेर सेवा दिने उद्देश्य हो ।’ नेपालबाट पनि उपचारका लागि आउने गरेको साल्बी अस्पतालका वरिष्ठ अर्थोप्लास्ट सर्जन डा कल्पेश शाहले बताए ।
अस्तालले विगत २५ वर्षमा १ लाख १० हजार सर्जरी गरेको जनाएको छ । नेपाली बिरामीलाई अति विशिष्ट स्वास्थ्य सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निःशुल्क तालिम, अस्पतालको क्षमता वृद्धिका लागि प्रविधि लगानीको लागि समेत इच्छुक भएको डा. गज्जरले बताए । सेल्भि अस्पतालमा २ हजार बढी शøया र ५ सय बढी चिकित्सक छन् ।
हाडजोर्नीमा सेल्भी अस्पताल विश्वकै प्रख्यात मानिन्छ । अहिलेसम्म आफ्नो सेवामा शून्य पनि घटना असफल नभएको भन्दै चर्चा कमाएको सो अस्पतालले चाँडै नेपालमा पनि सेवा सुचारु गर्न लागेको हो ।
नेपाली जनताको समस्या मध्यनजर गर्दै नेपालबाटै हाडजोर्नीसम्बन्धी सुविधा दिन प्रक्रिया थालेको अस्पतालले बताएको छ । विश्वका ३० देशमा सञ्जाल विस्तार गरेको सो अस्पतालका डाइरेक्टर भरत गेजरले हाडजोर्नी अप्रेसन गरेको ३ देखि ४ घण्टामा मान्छे हिँड्न सक्ने बताए ।
सेल्भीको सेवा विस्तारमा एक्सपोलर हेल्थकेयर नेपालले सहकार्य गर्ने वताइएको छ । मेडिकल पर्यटन, मेडिकल शिक्षा, मेडिकल तालिम आदि विषयमा नेपालमा काम गर्दै आएको एक्सपोलर हेल्थकेयर कम्पनीका डाइरेक्टर कृष्ण पाण्डेले प्रक्रिया पूरा गरेर चाँडै सेवा विस्तार हुने बताए । पाण्डेका अनुसार सेल्भी अस्पताल नेपालमा आउनु भनेको मेडिकल पर्यटनको लागि पनि महत्वपूर्ण हुने बताए । अस्पतालका सिनियर डाक्टर कल्पेश साहले साल्बीका सेवा विश्वभर विस्तार गर्दै लैजाने बताए । विश्वभर हाडजोर्नी अप्रेसनमा सेल्भीको चर्चा प्रमुख स्थानमा रहेको डाक्टरले बताए ।






