Tuesday, March 9, 2021
Home Breaking News दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ ।

कांग्रेसले पहिलो चरणमा गत १३ पुसमा १६५ वटै प्रतिनिधिसभातर्फका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेकामा दोस्रो चरणअन्तर्गत २५ पुसमा ३३० वटै प्रदेश निर्वाचन क्षेत्र, ३ माघमा ७५३ वटै स्थानीय तहका पालिकाहरू तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय तहका केन्द्र र वडातहसम्म आन्दोलन गर्दा पनि पार्टीका बैठकमा जस्तै संसद् विघटनको मुद्दामा नेताहरू आन्दोलन र निर्वाचन भन्नेमा विभाजित मानसिकताबाट अघि बढेको देखिएको छ । यसबीचमा भएका विरोध सभामा पार्टीका संस्थापन पक्ष र इतर पक्षबीच दुई थरी मत देखिएको हो ।

पार्टीको संस्थापन पक्षका नेताहरू आन्दोलन पनि गर्ने र चुनावी तयारी पनि गर्ने भन्ने मानसिकतामा रहेको देखिन्छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरू भने संविधानमाथि नै प्रश्न उठेकाले पहिले संविधान जोगाएर मात्रै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउँदै आएका छन् ।

‘संसद् विघटनविरुद्धको आन्दोलनले नेता कार्यकर्ताहरूमा उत्साह थपेको छ । पार्टीलाई आन्दोलनले ऊर्जा दिएको छ र संसद् पुनस्र्थापना नहुँदासम्म आन्दोलन गरेरै अघि बढ्नुपर्छ भन्ने राय आन्दोलनबाट आएको छ,’ कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्, ‘कांग्रेसले आन्दोलनबाटै अब संविधानलाई बचाउनुपर्छ ।’

तर सभापति शेरबहादुर देउवाले भने प्रदर्शनपछिको विरोधसभालाई सम्बोधन गर्ने क्रममा संसद् पुनस्र्थापनाका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले कांग्रेसले सो विषयमा अदालतलाई ‘यसो गर, उसो गर नभन्ने’ धारणा व्यक्त गर्दै आइरहेका छन् । उनले आन्दोलनबाटै निर्वाचनको तयारी गरिने समेत बताउँदै आइरहेका छन् ।

कांग्रेस महामन्त्री डा. शशांक कोइराला भने संसद् पुनस्र्थापनाका लागि पार्टीले थप सशक्त आन्दोलनका कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।

‘आन्दोलनमा जनताको उत्साह देखियो, आन्दोलनले कांग्रेसको संगठनलाई पनि सशक्त देखाएको छ । अझै थप सशक्त आन्दोलन घोषणा गरेर संसद् पुनस्र्थापनामा पार्टीले दबाब बढाउनुपर्छ,’ महामन्त्री कोइरालाले राजधानीसँग भने ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्दोलनबाट जनतामा उत्साह आएको र पार्टीको सन्देश केन्द्र हुँदै स्थानीय तह र वडा वडासम्म पु¥याउन सफल भएको बताए ।

‘आन्दोलनबाट एउटा ऊर्जा आएको छ । पार्टीको सन्देश केन्द्रबाट प्रदेश हुँदै स्थानीय तह र गाउँगाउँसम्म पुगेको छ । यो जनतामा जाने अभियान पनि हो,’ सहमहामन्त्री महतले भने । उनले पार्टीले नेता कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा आगामी केन्द्रीय समिति बैठकमा जारी आन्दोलनको समीक्षा गर्ने र थप आवश्यक रणनीति बनाउने बताए ।

कांग्रेसले आगामी १३ माघमा बस्ने केन्द्रीय समिति बैठकमार्फत पहिलो र दोस्रो चरणका कार्यक्रमबारे समीक्षा गरेर थप कार्यक्रम घोषणा गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

एभर्टनविरुद्ध चेल्सीको जीतमा जर्गीनो नायक

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन...

सांसदको अपमान कि व्यवस्थाको ?

नगेन्द्रराज पौडेल यतिबेला आम सञ्चार जगत्ले सांसद खरिदबिक्रीका समाचार छापिरहेका छन् । यी समाचारले हाम्रा सांसदको अत्यन्त निकृष्ट स्वभावको चित्रण गरेका छन् । यसबाट सांसद...

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

साताका लोकप्रिय समाचार

एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा आयोजित एक समारोहका...

सेयर बजारमा उत्साह, ९० अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । पछिल्ला केही दिन क्रमश घट्दै गएको बजार साताको अन्तिम दिन बिहीबार लयमा फर्किएको छ । सरकार र...

गौर हत्याकाण्डका पीडित न्याय माग्दै काठमाडौंमा

काठमाडौं । गौर हत्याकाण्डका पीडितहरू न्याय माग्दै काठमाडौं आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग...

अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

ट्रेन्डिङ

प्रदेश १ मा थपिए १६६ जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा...

कमललाई स्वर्ण

काठमाडौं । नेपालका कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपको ३० वर्षमुनिको विधामा स्वर्णपदक जितेका छन् । गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण...

नवलपरासीमा कोइला बोक्ने भारतीय गाडी भित्रिदा स्थानीयमा त्रास

नवलपुर । पश्चिम नवलपरासीमा भारतीय मालबाहक ट्रकहरु आउने क्रम नरोकिए पनि स्थानीयमा त्रास छाएको छ । भारतमा कोरोनाको संक्रमण दिनानु दिन बढ्दै गएको अवस्थामा...

फिफा विश्वकप र एसिया कप छनोटका बाँकी खेल स्थगित

काठमाडौं । एसियाली फुटवल महासंघ एएफसीले फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु स्थगित भएको घोषणा गरेको छ । कोरोना भाइरसको...

हल बन्दको अवस्थामा ब्याज मिनाहाको माग

काठमाडौं । बैंकको ऋण तिर्ने समय तीन महिना थपिँदा नेपाली चलचित्रका निर्माता तथा हल सञ्चालकले केही राहतको महसुस गरेका छन् । तर, पनि सिनेमा...

बागमती प्रदेशमा बालिकामाथि यौन शोषण बढ्दो

चुरे मकवानपुर । बागमती प्रदेशमा बालिकाहरुमाथि यौन शोषण बढ्दो अवस्थामा रहेको एक रिपोर्ट सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा बागमतीका अनुसार प्रदेशको १३...

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार १७४...

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

जनकपुरधाम । दाहाल–नेकपा समूहले एकदिने आमहड्ताल गरेपछि जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । दाहाल नेपाल समुहका नेता कार्यकर्ता...

मखनलाई जी मोटर्सको साथ

काठमाडौं । मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ । क्लबका...

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि आमन्त्रण गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक अगाडि सभापति देउवाले सोमबारका लागि...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार ३००

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत...

मन्दिर निर्माण समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ साकेतधाम विष्णु मन्दिरको खुड्किला निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा दर्ता गरेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)