कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपकै कारण समस्या देखिए उपचार गरिनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप लगाएकै कारण समस्या देखिए सरकारले उपचार गर्ने बताए । उनले भने, ‘केही समस्या देखिए उपचार गर्ने हो । उपचार सरकारले गर्छ ।’

खोप ऐन २०७२ मा उपचार तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था छ । उपचार तथा क्षतिपूर्ति व्यवस्थामा उल्लेछ, ‘कुनै खोप लगाएकै कारण खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो, सो निकाय वा संस्थाले त्यस्तो व्यक्तिको उपचार गरी क्षतिपूर्तिसमेत दिनुपर्नेछ ।’

यस्तै, कुनै खोप लगाएकै कारणबाट कुनै व्यक्तिको अंगभंग भई गम्भीर प्रकारको शारीरिक क्षति पुगेको वा निजको मृत्यु भएको कुरा अनुसन्धान समितिले ठहर गरेमा अंगभंग भएको वा निज स्वयंलाई र मृत्यु भएको हकमा निजको नजिकको हकवालालाई त्यीतो खोप दिइने निकाय वा संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिको व्यक्तिगत विवरण वा सबै घटनाको रिपोर्ट तयार हुने बताए । उनले भने, ‘कोरोनाविरुद्धको खोप लगाइसकेपछि सबै घटनाको रिपोर्ट तयार गर्नुपर्छ तर अरू खोप कार्यक्रममा रिपोर्ट तयार गरिँदैन । भ्याक्सिन लगाउँदा केही जोखिम देखिए जाँचबुझ हुन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 310 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विवेकशील साझाले भन्याे : हामी अत्यन्तै दुःखी छाैँ