Tuesday, March 9, 2021
Home Editor-Picks सडक र पुलमा ६० प्रतिशतमात्रै प्रगति

सडक र पुलमा ६० प्रतिशतमात्रै प्रगति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आर्थिक वर्ष ०७६÷७७ मा करिब ६० प्रतिशतमात्र उपलब्धि हासिल गरेको पाइएको छ । केन्द्र सरकारअन्तर्गत सडक तथा पुल निर्माण, विस्तार तथा आवधिक मर्मतलगायत मुख्य जिम्मा पाएको विभागअन्तर्गत ६० प्रतिशत हाराहारीमा उपलब्धि सिमित बनेको हो ।

मन्त्रालयको वार्षिक समीक्षाअनुसार १२ सय किमी वार्षिक लक्ष्य नयाँ सडक कालोपत्रे निर्माण गर्ने राखिएको थियो । जसमा वार्षिक ७ सय २९ किमी अर्थात् ६०.७५ प्रतिशतमात्र सफल भएको छ । तेस्रो चौमासिक लक्ष्य ६ सय ४८ किमी राखिएकोमा ३ सय ४५ किमीमात्र कालोपत्रेस्तरको सडक बनेको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा ग्राबेलस्तरको सडक १२ सय किमी निर्माण गर्ने लक्ष्य राखिएको थियो । त्यो सडक पनि ७ सय ५७ किमी अर्थात् ६३ दशमलब ०८ प्रतिशतमात्र बनेको छ । कालोपत्रेस्तरको सडक पुनर्निर्माण तथा पुनस्र्थापनाअन्तर्गत झनै कम प्रगति भएको छ । ७ सय ७० किमी लक्ष्य राखिएकोमा ३ सय ५२ अर्थात् ४५ दशमलब ७१ प्रतिशतमात्र उपलब्धि भएको छ ।

यो अवधिमा माटे सडक ५ सय किमी लक्ष्य राखिएकोमा ३ सय ६५ किमी अर्थात् ७३ प्रतिशत उपलब्धी भएको छ । आवधि मर्मतमा ५ सय २४ किमी लक्ष्य राखिएकोमा ६८ दशमलब ७० प्रतिशत काम सम्पन्न भएको छ ।

सडक विभागअन्तर्गत पुल निर्माणतर्फ ३ सय सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरु गरिएको थियो । यसमा पनि २ सय १० वटा अर्थात् ७० प्रतिशत काम भएको छ । सरकारले रेलअन्तर्गत तेस्रो चौमासिकमा भौतिक प्रगति ९० प्रतिशत र वार्षिक तुलनामा ८० प्रतिशत प्रगति भएको दाबी गरेको छ ।

रेलमार्ग निर्माणका लागि विभिन्न जिल्लामा ४३ बिगाहा जग्गा अधिग्रहण कार्य सम्पन्न भएको, इनरुवा काँकडभित्ता रेलमार्ग निर्माणका लागि झापा, मोरङ, सुनसरीभित्र पर्ने १०६ किमी रेलमार्ग क्षेत्रमा जग्गा अधिग्रहण कार्यका लागि जग्गा प्राप्ति सूचना प्रकाशन सम्पन्न भएको छ । तर, जग्गा अधिग्रहणसम्बन्धी विवाद कायमै रहेको स्थानीय जनप्रतिनिधि बताउ“छन् ।

सरकारले आर्थिक वर्ष ०७६-७७ मा नेपाल पानीजहाज कार्यालयमार्फत २३ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णाली नदीमा हाम फालेका पाँचमध्ये आमा र छोराको पनि शव भेटियो, अझै एक जनाको बाँकी

दैलेख । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार करिब १२ बजेतिर सुकी र उनका...

एभर्टनविरुद्ध चेल्सीको जीतमा जर्गीनो नायक

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन...

एपीएफ अस्पतालमा एमआरआई र एचडियू सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको फागुन २४ गते समुद्घाटन गर्नुभयो । सोही...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

साताका लोकप्रिय समाचार

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

सांसदको अपमान कि व्यवस्थाको ?

नगेन्द्रराज पौडेल यतिबेला आम सञ्चार जगत्ले सांसद खरिदबिक्रीका समाचार छापिरहेका छन् । यी समाचारले हाम्रा सांसदको अत्यन्त निकृष्ट स्वभावको चित्रण गरेका छन् । यसबाट सांसद...

सुरक्षा ‘थ्रेट’प्रति सतर्कता जरुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भन्ने अभिव्यक्ति दिएपछि सिंगो देशको सुरक्षा व्यवस्थाको विषयलाई लिएर चिन्ता छाएको छ । तर,...

दाहाल संसदीय दलको नेता चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

ट्रेन्डिङ

पोखरेली गीतकार संगठित

पोखरा । पर्यटकीय नगरी पोखरामा क्रियाशील गीतकार सांगठनिक रूपमा गोलबद्ध भएका छन् । गीतकार भेलाले हरिहर खनियाँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति प्रतिष्ठान गठन गरेको...

काठमाडौँमा आज वर्षकै सबै भन्दा चिसाे

काठमाडौँ । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री मापन गरिएको छ...

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन...

साझा पार्टीको राष्ट्रिय भेला आजदेखि

काठमाडौं । साझा पार्टीको राष्ट्रिय भेला लुम्बिनीमा विहीवारदेखी सुरु हुने भएको छ १७ फागुनसम्म चल्ने भेलामा देशका सातै प्रदेश तथा विदेशस्थित सद्भाव समूहकासमेत गरी...

पाटन नगरपालिकाका २ कर्मचारीमा कोरोना पुष्टि, नगरपालिका सिल

बैतडी । बैतडीको पाटन नगरपालिकाका २ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना कर्मचारीमा कोरोना पुष्टि भएको...

तनहुँमा बस पल्टिँदा किचिएर महिलाको मृत्यु

तनहुँ । जिल्लास्थित ब्यास-१२ घाँसीकुवामा बस पल्टिँदा सोही बसले किचिएर एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा जिल्ला गोर्खा नगरपालिका-१८ बस्ने बर्ष २५ की शर्मिला ठकुरीको...

पोखरीमा डुबेर सर्लाहीमा दुई बालिकाको मृत्यु

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्युु भएको छ। मृत्युु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं १४ हरकठवा बस्ने रामपृत महतोको छोरी १३ वर्षीया...

अनुमतिबिना लोकदोहोरी गीतको प्रयोगमा रोक

काठमाडौं । टेलिभिजन च्यानल तथा युट्युब च्यानलबाट प्रसारण हुने विभिन्न रियालिटी सोमा प्रस्तुत हुने गीतको प्रतिलिपि अधिकार हनन भएको भन्दै स्रष्टाहरूको आफ्नो अनुमतिबिना गीत...

कोरोनोविरुद्ध कर्णालीमा धमाधम आर्थिक संकलन

विरेन्द्रनगर । कोरोना संक्रमणले सिर्जना गरेको संकटविरुद्ध कर्णालीमा राहत तथा उद्धारका लागि विभिन्न संघ संस्था तथा वित्तीय संस्थाबाट रकम संकल भइरहेको छ । कर्णालीका...

४८ पूर्व फुटबलर सम्मानित

काठमाडौं । फुटबलर्स मिसन टुगेदर (एफएमटी)ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीहरूलाई बुधबार सम्मान गरेको छ । एफएमटीले पुरुषतर्फ सन् १९७९...

कोरोना संक्रमणले भारतमा मृत्यु हुनेको संख्या २ पुग्यो, ८२ संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ पुग्यो । हिजो शुक्रबार राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६८ वर्षीया महिलाको मृत्यु...

कमल थापाको चेतावनी अरुलाई ख्वाउन पालेको बाघले आफैंलाई नखाओस्

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘अरुलाई खुवाउन पालेको पालेको बाघले आफैंलाई नखाओस’ भन्दै चेतावनी दिएका छन् । संसद...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)