संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा नवलपुरको भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोद्धन गर्दै उनले यस्तो बताएका हुन् ।

राप्रपा अध्यक्ष थापाले संसद पुनस्थापना गरेर केपी ओलीको सट्टा प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदैमा समस्या हल नहुने बताए । नेता थापाले दुई तिहाईको बहुमतको सरकारले जस्तो सुकै व्यवस्था ल्याउन सक्ने भए पनि शक्ति र अधिकारको सदुपयोग नगरेर दुरुपयोग मात्र गरेको आरोप समेत लगाए ।

थापाले भने, ‘न्यायलयमा समेत आफ्नो मान्छे भर्ने काम भयो । अहिले सरकार र सडक दुवैबाट न्यायको प्रतिमूर्ति सर्वोच्च माथि औंला ठडाउने दबाब दिने तर्साउने काम भईरहेको जसले देश ठूलो संकटमा जाँदै छ ।’ अध्यक्ष थापाले अहिलेको निकास भनेको विप्लवदेखि राजासम्म अट्ने लोकतान्त्रिक व्यवस्थासहितको राजतन्त्र भएको दाबी गर्दै हिन्दु राष्ट्र र राजासहितको लोकतान्त्रिक व्यवस्थाले मात्र सबै समस्याको हल हुने बताए । राजसंस्था नभएकै कारण देशमा भ्रष्टचार मौलाएको विदेशी शक्तिको चलखेल बढेको उनको दावी थियो ।

नेता थापाले पार्टीबाट छानिएको राष्ट्रपति तटस्थ र सबैको हित अनुकुलको राष्ट्रपति हुन नसक्ने भन्दै राष्ट्रपतिय व्यवस्था नै गलत भएको जिकिर गरे । नेता थापाले संसद विगठनले संवैधानिक जटिलता ल्याएको भए पनि अबको विकल्प भनेको नयाँ जनादेशमा जाने नै भएको बताउँदै चुनावमा जानु पर्नेमा जोड दिए ।

भेलामा राप्रपा गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले अबको विकल्प भनेको चुनावमा गएर नयाँ जनादेश लिनु नै भएको बताए । राप्रपा नवलपुरको आयोजनामा भएको अगुवा कार्यकर्ता भेला दलबहादुर केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रम गुणाखर काफ्लेको सञ्चालनमा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

epaper

ताजा समाचार

स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना