ओली-दाहाल अध्यक्ष र पौडेल महासचिव भएको नेकपा आधिकारिक : प्रमुख निर्वाचन आयुक्त

आयोगले गरेको खास निर्णय के हो ?

नेकपाका दुई समूहले आधिकारिता दाबी गर्दै पेस गरेको कागजात अध्ययन गर्दा कानुनी रूपमा दुवै पक्षको दाबी नपुगेकाले दुवै पक्षलाई नेकपाको मान्यता दिन सकिएन । केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको तथा विष्णु पौडेल महासचिव रहेको नेकपा मात्रै आधिकारिक नेकपा हुन सक्ने ठहर आयोगले गरेको हो ।

दुवै पक्षको निवेदन खारेज गर्नुभएको हो ?

दुवै पक्षले आधिकारिकताको दाबी गदै पेस गरेको निवेदन र कागजातमा कुनै प्रकारको रित र कानुनी अंगसमेत नपुगेकाले दुवै निवेदनलाई आयोगमा अभिलेखीकरण गर्न सकिएन । त्यसैले दुवै निवेदन खारेज गरिदिएका हौं ।

त्यसो भए कुनचाहिँ नेकपा आधिकारिक हो त ?

समूहगत रूपमा आएका दुवै समूहको निवेदन खारेज गरिदिएपछि पुरानै नेकपा आधिकारिक हो । अरू कुनै पनि समूहलाई आयोगले चिन्दैन ।

केका आधारमा उनीहरूको निवेदन खारेज गर्नुभयो ?

नेकपाको विधान हेर्दा दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक राख्ने र बैठकबाट भएका निर्णयलाई दुवै जना अध्यक्षले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्ने मुख्य प्रावधान छ । सो प्रावधानअनुसार कसैले पनि निर्णय गरेको देखिएन त्यसैले यो प्रावधानविपरीत गरिएका निर्णय स्वतः अवैध हुन्छन् । आयोगमा पनि त्यसैगरी अवैध निर्णयहरू पेस गरिएकाले त्यस्ता अवैध निर्णयसहितका निवेदनलाई खारेज गरेका हौं ।

एक अध्यक्ष हटाएर अर्को अध्यक्ष राखिएको छ नि ? यसमा आयोगको धारणा के छ ?

नेकपाको अध्यक्ष हटाउन विधानअनुसार केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत चाहिन्छ । दुई तिहाइको केन्द्रीय कमिटीबाट अध्यक्ष हटाउनुपर्नेमा त्यसो नगरिएकाले अध्यक्ष हटाउने कार्य नै अवैध छ । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको भनिए पनि सो प्रक्रिया पार्टीको विधान र कानुनअनुसार नदेखिएकाले अवैध छ । नेकपाको विधान हेर्दा आयोगले अध्यक्षका रूपमा ओली र दाहाललाई मात्रै चिन्छ, अरूलाई चिन्दैन । ओलीलाई हटाउन अपनाइएका प्रक्रिया पार्टीको विधि र कानुनअनुसार देखिएन त्यसैले आयोगमा नेकपा जतिखेर दर्ता भयो, त्यतिखेर कायम रहेका अध्यक्ष ओली र दाहाल तथा महासचिव पौडेल रहेको नेकपा नै आधिकारिक हो ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको लम्कीमा दुई मेयर र एक सदस्यको उम्मेदवारी रद्द