जुठो थालमा खाएपछि कुल्ला गर्नुको के अर्थ ?

अहिले मुलुकमा एक खालको रमिता छ । संविधानको मर्म विपरित प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफूले इतिहासमै ‘महान काम’ गरेको व्याख्या गरिरहेका छन् । दिन दिनैजसो हुने सभाहरुमा फरक–फरक अर्तिउपदेश दिन्छन् । कहिले सरकारको विरोध गर्ने पत्रकारहरु नर्क जाने ठोकुवा गर्छन् त कहिले ‘बाजे’ हरुले अदालतमा तमासा देखाएको टिप्पणी गर्छन् ।

पत्रकारिताको भाषा र सिद्धान्त’bout व्याख्यामा व्यस्त प्रधानमन्त्री अचेल रेल, पानी जहाज, घर घरमा ग्यासका कुरा गर्दैनन् । ग्यास उहिल्यै आको, रेल जनकपुर छेउछाउमा घुम्टो ओढेर बसेको छ । पिच सडक कति हो कति । कुरा सुन्दा लाग्छ यसैगरी सडक बन्दै गयो भने अब गाइबस्तु लिएर गोठालो जानेहरुका गल्लीमा हिँड्ने दिन गए, पिचरोडमा हिँड्छन् ट्याक्क ट्याक्क ।

प्रधानमन्त्री ओलीका कतिपय सन्दर्भमा गरिएका टिप्पणी सुन्दा लाग्छ । उनी अहिले आहालमा बसेर आहालको पानी कुवाको जस्तै शुद्ध छ भनिरहेका छन् र उनका अनुयायीहरु ‘सही हो सही हो भन्दै’ थप्पडी मारिरहेका छन् ।

कांग्रेसका लागि दुवै अवसर जिवित छ । माझेको थालमा भात खाएर हात चुठछ कि जुठै थालमा भात खाएर कुल्ला गर्छ  र आफु चोखै भएको दावी गर्छ हेर्न बाँकी छ ।

ओलीकै सहकर्मी पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतका नेताहरु सडकमा छन् । दिन दिनैजसो हुने सभा जुलुसले काठमाडौंको सडक अस्तव्यस्त हुँदा कामका लागि हिँड्नेहरु समयमा गन्तब्यमा पुग्न नपाउँदा रुष्ट छन् । जुलुस गरेर सडक अबरुद्ध गर्नेहरुलाई धारे हात लाउँदै सराप्छन् । तिनका असन्तुष्टि सडकभन्दा पर पुग्दैन किनकी तिनका हातमा माइक छैन ।

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन ठीक कि बेठीक भन्नेमा बहस सुरु भएको छ । अदालतमा पनि दुई पक्षमा मान्छे छन् । ओली पक्षका मान्छेहरु गैरसंवैधानिक कदम ‘ठिकै हो’ भनिरहेका छन् भने दाहाल नेपाल समुहका मान्छे ‘नहुने कर्म’ भन्दैछन् ।

कम्युनिष्ट पार्टीले देखाएको तमासामा साक्षी बसेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आकस्मिक रुपमा दुबै हातमा लड्डु परेकोमा मख्ख । तीन वर्ष अघि भएको प्रतिनिधिसभा निर्वाचनमा भाषण गर्ने क्रममा पार्टी सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी प्रयोग वाक्य थियो ‘कम्युनिष्टले जिते भने रुन पनि पाइन्न् ।’ कम्युनिष्टले दुई तिहाई नजिक मत ल्याएर सरकार बनेपछि कतिले चाहेर पनि रुन पाएनन् हिसाव देउवा नै जानुन् तर, कम्युनिष्ट पार्टी विभाजनले सबै भन्दा हर्षित देउवालाई नै बनाएको छ । गाउँले भाषामा भन्ने हो भने यो विभाजनले उनको हड्डी हाँसेको छ ।

नेकपा दुई समुहमा विभाजन भएपछि तत्काल फाइदा हुने नेपाली कांग्रेसलाई नै हो । अन्य भरपर्दा राजनीतिक दल स्थापना नभएकाले अझै केही वर्ष पहाडी क्षेत्रमा नेकपा भर्सेज कांग्रेसकै चुनाव हुने हो । त्यसकारण पनि देउवा ढुक्क छन् फेरी प्रधानमन्त्रीको कुर्सीमा बस्न पाइन्छ भन्नेमा ।

स्थापनाकालदेखि नै कांग्रेसले आफूलाई प्रजातन्त्रको हिमायती दावी गर्दै आएको छ । ००७ साल, ०४६ र ०६२/०६३ मा आफ्नै नेतृत्वमा जनआन्दोलन भएको र सफल भएको प्रसंग कांग्रेसका नेताहरु गर्वका साथ सुनाउछन् ।

कांग्रेस कमजोर हुनेवित्तिकै प्रजातन्त्र कमजोर हुन्छ भन्दै आएको कांग्रेस प्रतिनिधिसभा विघटन प्रकरणमा भने दोधारमा अल्झियो । जनताद्वारा लेखिएको संविधान विपरित प्रधानमन्त्री ओलीले चालेको कदमको सभापति देउवाले प्रतिकार गर्न सकेनन् ।

कांग्रेस वरिष्ट नेता रामचन्द्र पौडेल, पवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतले प्रधानमन्त्रीको असंवैधानिक कदमको कांग्रेसले सशक्त विरोध गर्नुपर्ने भनिरहँदा सभापति देउवाले भने अदालतको विषयमा बोल्न हुँदैन भन्दै आफ्ना कार्यकर्तालाई सम्झाई बुझाई गर्नमा व्यस्त छन् ।

कांग्रेस कमजोर हुनेवित्तिकै प्रजातन्त्र कमजोर हुन्छ भन्दै आएको कांग्रेस प्रतिनिधिसभा विघटन प्रकरणमा भने दोधारमा अल्झियो । जनताद्वारा लेखिएको संविधान विपरित प्रधानमन्त्री ओलीले चालेको कदमको सभापति देउवाले प्रतिकार गर्न सकेनन्

नेकपा विभाजनको असर स्वरुप प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाले प्रदेशमा पनि कांग्रेसको भूमिका महत्वपूर्ण हुने भएको छ । दुवै प्रदेशमा कांग्रेसको भोट निर्णायक हुने भएपछि देउवाले अभिव्यक्ति दिइसके ‘जसले मुख्यमन्त्री दिन्छ, उसैलाई भोट ।’

निश्चित छ नेकपा ओली समूहले कांग्रेसको सहयोगबिना दुईवटा प्रदेशमा मुख्यमन्त्री टिकाउन सक्दैन भाग पाउने कांग्रेसले नै हो । प्रजातन्त्र, विधि र सुशासनको नारा लगाउने कांग्रेसले कुन माध्यमबाट मुख्यमन्त्री लिन्छ भन्ने मात्रै हो ।

तर्कजस्तो सुकै गरिए पनि सारमा भन्नु पर्दा प्रतिनिधिसभा विघटन संविधानको मर्मविपरित लहडमा चालिएको कदम हो र यदि प्रधानमन्त्रीले चालेको अहिलेको कदमलाई स्वीकार गर्ने हो भने आउँदो दिनमा कुनै पनि प्रधानमन्त्रीले झ्वाँक चलेको दिन प्रतिनिधिसभा विघटन गरिदिन सक्छन् । यसलाई सदर नगर्ने हो भने फेरि हुने प्रधानमन्त्रीले कुनै पनि कदम चाल्नु अघि संविधान विपरित हुन्छ कि हुन्न भनेर अध्ययन गर्ने संस्कारको विकास पनि हुन्छ ।

केही दिन लाग्ला नेकपाको फूट निश्चित छ । नेकपा फुटेपछि प्रत्यक्ष फाइदा हुने कांग्रेसलाई नै हो, विवेकशील साझा, राप्रपालगायतका पार्टीप्रति तत्काल जनउभार आउने सम्भावना देखिन्न । सत्ताको भ-याङ चढ्न ठिक्क परेको कांग्रेस के गर्छ । प्रतिनिधिसभा विघटन ठिक हाे भन्दै सत्तामा जानु भनेकाे जुठाे थालमा भात खाएर चाेखिनका लागि कुल्ला गरे जस्तै हाे । अब मात्रै हेर्न बाँकी छ । कांग्रेसले  जुठो थालमा भात खाएर बार्दलीमा बसेर कुल्ला गर्छ कि । माझेको थालमा भात खान्छ ? कांग्रेसका लागि दुवै अवसर जिवित छ । माझेको थालमा भात खाएर हात चुठछ कि जुठै थालमा भात खाएर कुल्ला गर्छ गरेर आफु चोखै भएको दावी गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बूढीगंगा मतगणना अपडेट : ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता