Tuesday, March 2, 2021
Home Breaking News ‘गल्ती सच्याएर आउनुस्’

‘गल्ती सच्याएर आउनुस्’

दाहाल–नेपाल समूहलाई प्रधानमन्त्रीको आग्रह

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी दाङको आयोजनामा सोमबार देउखुरीमा भएको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाटो बिराएकाहरू सच्चिएर आउने आशाकै कारण आफूले अहिलेसम्म कसैलाई पनि कारबाही नगरेको स्पष्ट पारे ।

दाहाल–नेपाललाई इंगित गर्दै उनले भने, ‘तपाईंहरू आफूले गरेका गल्ती कमजोरी सच्चाएर आउनुस्, फेरि एकजुट भएर सँगै अघि बढांै ।’ प्रधानमन्त्री ओलीले नेकपा नफुटेको र बाटो बिराएकाहरू गल्ती स्वीकार गरी फर्किने हो भने आफूहरू स्वागत गर्न तयार रहेको बताए ।

हिजोसँगै काम गरेकाहरूले पनि अहिले केपी ओली यो पृथ्वीमा नरहेहुन्थ्यो भन्ने चाहना राखेको गुनासो गर्दै उनले कसैले चाहँदैमा त्यस प्रकारको अमानवीय चाहना र सपना पूरा नहुने बताए । ओलीले आफूले शान्ति, समृद्धि, स्थायित्व र सुशासनका लागि पार्टी एकीकरण गरेको चर्चा गर्दै झगडा गरेर सडक आन्दोलनमा जान एकता नगरिएको स्पष्ट पारे ।

‘देशले अग्रगमन चाहेको छ, शान्ति चाहेको छ । जनताले आफ्नो जीवनमा परिवर्तन चाहेका छन् र उनीहरूले असल अविभावक खोजेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यही कुराका लागि हामी अघि बढ्यौं तर त्यो देख्न नचाहने र जनताका लागि राम्रो काम गरेको हेर्न नसक्नेले हाम्रा विरुद्ध गुटबन्दी गर्दै अघि बढे तर उनीहरू असफल हुने निश्चित छ ।’

आन्दोलनका नाममा निर्वाचन आयोग र अदालतलाई धम्काउनु अलोकतान्त्रिक चरित्र भएको बताउँदै प्रधानमन्त्री ओलीले सडकमा तिघ्रा बजारेर उफ्रँदैमा कसैको गलत मनसाय पूरा हुन नसक्ने बताए । आफूले संविधानमा भएको अधिकारलाई प्रयोग गरेर संसद् विघटन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले तोकिएकै मिति र समयमा निर्वाचन हुनेमा ढुक्क रहन आश्वस्त पारे ।

‘२०७८ साल १७ वैशाखमा शुक्रबारका दिन पहिलो चरणको चुनाव हुन्छ । तपाईंहरू जनताको घरघरमा गएर प्रचारप्रसार गर्नुस् । पार्टीलाई जिताउने गरी लाग्नुस्,’ ओलीले भने । उनले शान्तिपूर्ण तथा भयरहित वातावरणमा र निष्पक्ष तवरले चुनाव गराउन र त्यसको तयारीमा जुट्न सुरक्षाकर्मी र कर्मचारीलाई पनि आग्रह गरे ।

यो पनि पढ्नुहोस   विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

देशमा अब कोही पनि भोक र रोगले नमर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले एकै दिन ३०९ स्थानीय तहमा अस्पताल शिलान्यास गरेर सरकारले असाधारण काम गरेको बताए । ‘कुनै पनि देशले यति धेरै संख्यामा एकैपटक शिलान्यास गर्दैन । स्वास्थ्य क्षेत्रमा यो ठूलो क्रान्ति हो । यो असाधारण रेकर्ड हो,’ ओलीले भने, ‘हामी काममा अघि बढ्यौं, ऐतिहासिक धरहरा बनाएका छौं ।’

ओलीले सरकारले ऐतिहासिक रानीपोखरी, भक्तपुर स्क्वायर, पाटन स्क्वायर, धरहरालगायतका धरोहरको पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको बताए । देशलाई अब धान, गहुँ, मकै, अन्डामा आत्मनिर्भर बनाउन कृषिलाई आधुनिकीकरणमा जोड दिएको बताउँदै ओलीले अबका केही वर्षमा मुलुकबाट गरिबी हटाउने अभियान थालिने र सो अभियान सफल हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले दाङलाई औद्योगिक जिल्लाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए । ‘लुम्बिनी प्रदेशको राजधानी भालुवाङलाई अब पुरानो होइन, आधुनिक, व्यवस्थित र सुविधासम्पन्न सहरका रूपमा विकास गर्छौं,’ ओलीले भने ।
तीन वर्षमा बन्ने राप्ती नदीको पुल २ वर्ष ९ महिना ४ दिनमा बनेकामा प्रधानमन्त्रीले पुल निर्माणमा संलग्न सबै पक्षको उच्च प्रशंसासमेत गरे ।

करिब १ अर्बमा पुल निर्माण
लुम्बिनी प्रदेशको भालुवाङस्थित राप्ती नदीमा निर्माण सम्पन्न भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । यो नेपालकै दोस्रो लामो पुल हो ।

करिब १ अर्ब लागतमा पुलको निर्माण कार्य पूरा भएपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवाका स्थानीयलाई आवतजावत गर्न निकै सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदी डुंगाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै देउखुरीवासीलाई यात्रा गर्न सहज हुनेछ ।

द एएनके लुम्बिनी वाईपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ साल २२ मंसिरमा पुलको शिलान्यास गरेका थिए ।

(Visited 114 times, 2 visits today)
Loading comments...

आजको समाचार

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली

काठमाडौँं । नेत्रविक्रम चन्द समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ’दीपक’ सदस्य...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

साताका लोकप्रिय समाचार

‘प्रसाद २’ मा पनि विपीन, नम्रता र निश्चल नै

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र ‘प्रसाद २’ निर्माण हुने...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

ट्रेन्डिङ

धादिङ सील : नाकामा सुरक्षाकर्मी परिचालन

धादिङ । कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू...

क्वारेनटाइनमा बसेका ७२ जनालाई घर पठाइयो

बर्दिया । बर्दिया जिल्लामा क्वारेनटाइनमा बसेर १५ दिन पुर्याएका ब्यक्तिहरुलाई र्यापिड टेष्ट गर्दै उनीहरुको घर घरमा पुर्याइएको...

२३ वर्षदेखि विद्यालयको नाममा रहेको पोखरीमा विवाद

बारा । बारामा २३ वर्षदेखि एक विद्यालयको नाममा रहेको पोखरीको रेखांकन गर्न जादा अवरोध सृजना भएको छ । महागढीमाई नगरपालिका ७ स्थित रहेको नेरामावि...

बार्सिलोनालाई जरिवाना

क्याटलान । कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण क्याटलान क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि...

प्रदेश ५ को राजधानीको दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित गरेको छ । कूल ८७ सदस्य रहेको प्रदेश...

गोबिन्द केसीलाई सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न साझा पार्टीको माग

काठमाडौं । स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका लागि माग राख्दै डा. गोबिन्द केसीले जुम्लाको रानिचौरस्थित बाबिरामष्ट मन्दिर परिसरमा शुरु गरेको...

थप १९ जनामा कोरोना संक्रमण, ६०३ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप १९ जनामा कोरोना...

सेमेडो वल्भ्समा

लन्डन । क्याटलान क्लब बार्सिलोनाका पोर्चुगिज डिफेन्डर नेसल्स सेमेडो इंग्लिस प्रिमियर लिग क्लब वल्भ्समा अनुबन्धित भएको छ । वल्भ्सले २६ वर्षीय राइट ब्याकलाई ३७...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

सर्वोच्चबाट प्रधानमन्त्रीले गरेको संसद् विघटन बदर

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर गरिदिएको छ । दुई महिनायताको लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले मंगलबार संसद्...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)