आमाबुबाको हत्यापछि ७ महिने छोरीको बिचल्ली

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, कलुवापुरमा ५० वर्षीय जयलाल भण्डारी र उनकी पत्नी २२ वर्षीय धनादेवीको धारिलो हतियार प्रयोग गरेर हत्या भएपछि ७ महिने छोरीको बिचल्ली भएको छ ।

भण्डारी दम्पत्तीको विभत्स हत्या भएपछि दूधे छोरी टुहुरी भएकी हुन् । उनी बिहीबार रातीदेखि नै बिरामी भएकी छिन् । छोरीलाई मामाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले बताए । अवस्था बिग्रिँदै गएको छ । मामा घरमा राखिएका नाबालिकाको महेन्द्रनगरको मालिकार्जुन निजी अस्पतालमा उपचार भईरहेको छ ।

समान्य दूध खाएपनि बालिकाका अन्य केही खाना नखाएको आफन्तले बताए । स्थानीय अस्पतालमा लगेपछि निको नभएका कारण शुक्रबार बिहान महेन्द्रनगर अस्पतालमा ल्याएको उनले बताए । आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

मृतका आफन्त प्रतिक रावलले आफ्नो बहिनी–ज्वाईको हत्यारा यथाशिघ्र पत्तालगाइ घटनाका दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै आफ्नो भान्जीको जिवन रक्षाको,भरपोषण र सुरक्षाको माग गरे । यस्तै महिला अधिकारकर्मी माया नेगीले दुधे नाबालिकाको विचल्ली पारेर गरिएको यो घटना कहालिलाग्दो भएको बताउदै घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिन् । ‘आमाबाबु दुवै नभएको अवस्थामा यस्ता टुहुरा बालबालिकाको राज्यले सम्पूर्ण भरणपोषण गर्नुपर्छ, ‘उनले भने, ‘बालिकाको राज्यले व्यवस्थापन गर्नुपर्छ ।’

घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी मरासिनीले बताए । बताए । मरासिनीले भने, छोरीलाई मामाको जिम्मा लगाइएको छ । घटनास्थलबाट प्रमाण संकलन लगायतका काम भएका छन् । हत्यारासम्म छिट्टै पुग्छौं भन्ने लागेको छ । शवको पोष्टमार्टम गर्ने तयारी पनि छ ।’

हत्याको कारण भने त्यसै भन्न नसकिने भए पनि केही शंकित व्याक्तिहरुको सूची भने तयार पारिएको बताए । घटना स्थलमा रातभरी प्रहरी राखेर कुकुर समेत प्रयोग गरेको प्रहरीले घटना ’bout थप प्रमाण संकलन गरिरहेको छ । भण्डारीले जेठी श्रीमतीको क्यान्सरबाट मृत्यु भएपछि साढे २ वर्षअघि धनादेवीसँग दोस्रो विवाह गरेका थिए । बिहीबार दिउँसो भण्डारी दम्पतीको शव घरभित्रै विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?