काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक रुपमा दिएका अभिव्यक्तिले न्याय पक्रियाको गरिमामा आँच पुगेको भन्दै उनी विरुद्ध मानहानीको मुद्दा दर्ता गरिएको हो ।
प्रधानमन्त्री ओलीले कार्की ब्यान्क्वेटमा आयोजित एक कार्यक्रममा ९४ वर्षीय वरिष्ठ अधिवक्तालाई ‘बाजे’ भनेर टिप्पणी गरेका थिए भने इजलासमा भइरहेको बहसलाई ‘तमासा’को संज्ञा दिएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)






