ओली देश र पार्टी दुबैका बिरुद्ध छन् : नेपाल

पाँचथर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली मुलुक र पार्टी दुबैको बिरुद्धमा रहेको आरोप लगाएका छन् ।

मंगलबार पाँचथरको फिदिममा आयोजित बृहद कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीले संविधान र पार्टी बिधान बिपरित काम गरेको बताए । त्यसैले ओली मुलुक र पार्टी दुबैको बिरुद्धमा रहेको नेपालले बताए ।

झेलि काम गर्ने ओली आधिकारिक हुन नसक्ने भन्दै आफूहरु नै आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको बताए । सम्बोधनका क्रममा नेपालले आफूहरुसँग दुई तिहाइ केन्द्रीय सदस्य रहेकाले पार्टीको आधिकारितका र चुनाब चिन्ह पनि आफूहरुले नै पाउने बताए ।

लामो समयसम्म पार्टीमा सँगै काम गरेको भन्दै नेपालले नेता सुवाशचन्द्र नेम्बाङलाई आफूहरुको पक्षमा आउन आग्रह गरेको नेपालले अर्का नेता बामदेव गौतमलाई एकता अभियान बालुवा पेलेल तेल निकाल्ने काम भएको बताउदै सम्भव नहुने काममा नलाग्न आग्रह गरे ।

नेपालले कसैलाई नमान्ने आफूलाई मात्र सर्बैसर्बा ठान्ने ओली अहंकारी भएको समेत आरोप लगाए । उनले ओलीको असंवैधानिक कदम बिरुद्ध संघर्ष जारी रहने पनि बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको कार्यक्रमलाई नेताहरु जनार्दन शर्मा, योगेश भट्टराई र इन्द्रबहादुर आङ्बो मौसमले पनि सम्बोधन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ