धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

धिरज राईले सञ्चालन गरेको सो सेकुवा कर्नरमा भएको आगलागी तीनवटा दमकलको सहायतामा राति साढे १२ बजे नियन्त्रणमा लिइएको थियो । सेकुवा पोल्ने कोइलाबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहितको हल्का वर्षा