काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।
धिरज राईले सञ्चालन गरेको सो सेकुवा कर्नरमा भएको आगलागी तीनवटा दमकलको सहायतामा राति साढे १२ बजे नियन्त्रणमा लिइएको थियो । सेकुवा पोल्ने कोइलाबाट आगलागी भएको प्रहरीले जनाएको छ ।