काठमाडौं । स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् । स्वास्थ्य पत्रकारहरुको साझा संगठन स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा न्यौपाने निर्वाचित भएका हुन् । चुनाव जितेलगत्तै अध्यक्ष न्यौपानले स्वास्थ्य पत्रकारहरुको पेशागत हकहित र क्षेमता अभिबृद्धिका लागि कटवद्ध भएर लाग्ने बताएका छन् ।
मञ्चको उपाध्यक्षमा सरोज ढुंगेल निर्वाचित भएका छन् । महासचिवमा भिषा काफ्ले, सचिव पदमा सन्जिता खनाल र कोषाध्यक्षमा कमला गुरुङ निर्वाचित भएका हुन् । यस्तै, सदस्यहरुमा सागर बुढाथोकी, फातिमा बानु, सिर्जना बराल, तुलसा घिमिरे, बिना न्यौपाने, ज्योति अधिकारी, महेश तिमल्सेना र स्नेहा कर्ण निर्वाचित भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 420 times, 1 visits today)






