Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ४ मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

,

गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौँ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तनहुँ जिल्ला, दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदूर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन् ।

पर्वतका आठ मजदूर र बागलुङ, बडिगाड गाउँपालिका–१ जिमीका ३८ वर्षीय नुनबहादुर श्रीस दमौलीबाटै पैदल हिँडेर गृह जिल्ला आइपुगेका छन् । एक महिना १९ दिन लगाएर ठेक्कामार्फतको प्रहरीचौकी भवन निर्माणमा काम गरेका उनीहरु ठेकेदार भागेपछि अलपत्र परेका थिए । मङ्गलबार साँझ घरबेटीले आफूहरु बस्ने कोठामा ताल्चा लगाएपछि हिँडेर पर्वतका आठ साथी नयाँ पुलसम्म र आफू बागलुङसम्मै एक्लै हिँडेर आएको मिस्त्री श्रीसले बताए । रामेछापका निर्माण व्यवसायी दिलीप राईले उनीहरुलाई काममा लगाएको प्रकाश बताउँछन् ।

काम सकेर रकम बुझ्ने बेलामा निर्माण व्यवसायी भागेकाले समस्यामा परेको उनको गुनासो छ । ‘ठेकेदारले खाना बस्नसहित दैनिक एक हजार रुपियाँ ज्याला दिने सहमतिमा एक महिना १९ दिन काम गरियो’, प्रकाशले भक्कानिँदै दुःखको फेहरिस्त सुनाउँदै भने, ‘हामी त सोझो मान्छे, पैसा देला भन्ने भयो, एक्कासि घरबेटीले ठेकेदार भागेको भन्दै कोठामा चाबी लगाए, गोजीमा एक रुपैयाँ दाम नभएका कारण भोकै हिँड्नुको विकल्प भएन ।’ दमौली बजारको अस्थायी प्रहरीचौकी भवन निर्माण गरी नजीकै ठेकदारले दिएको कोठामा बस्दै आएका नौ मजदूर एक साथ पाँच दिन लगाएर घर फर्केका हुन् ।

दमौलीबाट प्रहरीले पोखरा आउने गाडीमा चढाइदिए पनि केही यता आएपछि भाडा मागेर पैसा नभएपछि बीच बाटामै झारिदिएको उनको कथन छ । श्रीसले गाउँमै मजदूरीको काम गर्दै आए पनि दिनको रु एक हजार पाइने लोभले ठेकेदारका सम्पर्कमा आएर दमौली पुगेको बताए । लगातार पाँच दिन कालोपत्र सडकमा पैदल हिँड्दा प्रकाशका पैताला फुटेका छन् । ‘पोखरामा पानी माग्दासमेत कसैले दिएनन्, बाटामा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्यौँ, माघको जाडोमा प्रतीक्षालयमा सुत्दै बागलुङ आइयो’, उनले भने । बागलुङ आएपछि शुक्रबारको रात बागलुङको बाङ्गेचौर–पर्वत पाङ जोड्ने लामो पुलमुनि रात कटाएको उनी बताउँछन् ।

ठेकेदार राईले दिएको सम्पर्क नम्बरमा फोन लाग्दैन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक युवराज तिमिल्सिनाले आफूलाई कुनै जानकारी नभएकाले यस विषयमा बुझ्नुपर्ने बताए । उनले जिल्लामा धेरै प्रहरी बिट तथा चौकी निर्माणका चरणमा रहेकाले कुन भन्ने पत्ता लगाउनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय तनहुँमा ठेकेदार भागेर मजदूरलाई अलपत्र पारेको कुनै गुनासो उजूरी नआएको उनको जिकिर छ । यद्यपि दमौलीमा दुई स्थानमा प्रहरी भवन बन्दै आएको र अहिले कामदार तथा ठेकेदार दुवै नभएकाले ठेकेदार सम्पर्कमा आउनासाथ जानकारी लिइने उनले बताए ।

दमौली शेरास्थित खैरेनी प्रतीक्षालयमा पहिलो दिन, पोखराको गगनगौंडामा दोस्रो रात, घट्टेखोलामा तेस्रो रात र बागलुङ जिल्लाको प्रवेशद्वार शहीदपार्कमा चौथो रात कटाएर बागलुङ बजार आएको श्रीसले बताए । बिहान पानी माग्दै हिँडेपछि सोधखोज गर्ने क्रममा समस्याका बारेमा जानकारी भएको नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले बताए । ‘खर्बाङ पुग्न हिँडेर कति समय लाग्छ भनेर सोध्नुभो, अनि अहिले त गाडी चलेकै छ, किन सोध्नू भो भनेर चासो राखेपछि मजदूरको दुर्दान्त कथाको भित्री पाटो खुल्यो’, शिरीषले भने, ‘त्यसपछि खुट्टा फुटेका छन्, सुन्निएको छ, हिँडेरै खर्बाङ पुग्ने अवस्था नभएपछि खाजा, खाना र यातायात खर्च व्यवस्था गरेर घर पठाएका छौँ ।’ पैसा नभएको बैंकको चेक दिएको र मजदूरलाई दिएको सास्तीबारे थप खोजी र पहल गरिएको उनको भनाइ छ ।

(Visited 48 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

साताका लोकप्रिय समाचार

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

ट्रेन्डिङ

रौतहटमा पत्रकारसहित २४ जनामा कोरोना संक्रमण

रौतहट । केही दिन यता फेरी रौतहटमा कोरोना संक्रमितको संख्या हवातै बढन थालेको छ । ६ दिनको अबधीमा रौतहटमा ८६ जनामा कोरोना संक्रमण भएको...

एनसेल स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोनाभाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित...

मल समयमै पु-याऊ

किसानका खेतमा धान पसाउन थालिसक्यो । तर, किसानले त्यसमा राख्ने मल अझैसम्म पनि पाउन सकिरहेका छैनन् । सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक...

नेकपा विवाद : बालुवाटारमा घोचपेच शैलीमा संवाद हुँदा बैठक अनिश्चित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला पार्टी बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग...

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ ।...

भक्तपुरमा राजश्व तथा कर नीतिसम्बन्धी अन्तरक्रिया

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, भक्तपुरको सहयोगमा राजश्व तथा कर नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा...

इन्फास्ट्रक्चर बैंकको सेयर भर्नु भाछ ? ५० कित्ता पर्न सक्छ !

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (माघ १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले बुधबार प्री–अलोटमेन्ट गरेको...

संकट समाधान गर्न प्रधानमन्त्रीको सक्रियता

काठमाडौं । सत्तारूढ दल नेकपामा कलह र संकट चुलिँदै जान थालेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संकट समाधानका लागि पहल थालेका छन् ।...

रोटरी क्लब अफ न्यूरोड सिटीद्वारा पाटन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण ग-यो...

देउडा खेलेर ‘जनयुद्ध’ दिवस मनाइयो

जुम्ला । २५ औँ जनयुद्ध दिवसको जिल्लामा देउडा मार्फत सम्झना गरिएको छ । दिवसको अवसरमा जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बृहत देउडा खेलको...

लालटिन बालेर संसद विघटनको धारा खोज्दै (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनको क्रम सुरु भएको छ । बुधवार काठमाडौंको माइतीघर मण्डलामा दाहाल...

‘कोभिड–१९ को खोप आगामी वर्षको शुरुसम्ममा बन्ने’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)