म्याड्रिड । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनासँग एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले १–१ गोल गरे । बिल्बाओले एउटा आत्मघाती उपहार पायो । खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकबाट गोल गरे । यो गोलसँगै मेस्सीले बार्सिलोनाका लागि ६ सय ५० गोल पूरा गरे ।
यो जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २० खेलमा ४० अंक जोडेको छ । बिल्बाओ २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)






