काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार १४५ जनाको स्वास्थ्य परीक्षण गर्दा ६१ महिला र ९८ पुरुष गरी १५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ११८ पुगेको छ । त्यस्तै पछिल्लो समय थप २६४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६६ हजार ६०० पुगेको छ ।
अहिले देशभर २ हजार ४८९ सक्रिय सङ्क्रमित छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार २९ पुगेको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)