काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो छलफलमा पूर्वप्रमुख आयुक्तहरूले दलहरूसँगको सहकार्य गरेर मात्रै निर्वाचनमा अघि बढ्न सुझाएका हुन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले निर्वाचनको तयारी र निर्वाचनका सन्दर्भमा गरिरहेको काम’bout पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गरेको जानकारी दिए । ‘निर्वाचनको तयारी र आयोगले गरेका कामका विषयमा पूर्वप्रमुख आयुक्तज्यूहरूलाई जानकारी गराइयो, उहाँहरूबाट समेत केही सुझाव आए,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।
छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले देशमा राजनीतिक मुद्दा पेचिलो बनिरहेको बेला राजनीतिक विषयको समाधान दलबाटै आउनुपर्नेमा जोड दिए । उनले राजनीतिक समस्याको समाधानपछि मात्रै निर्वाचनमा जान आयोगलाई सुझाए ।
त्यस्तै उनले आयोगलाई निर्वाचनको तयारीका सन्दर्भमा कुनै पनि राजनीतिक दलले असहयोग गर्न नहुनेमा जोड दिए ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलले सुल्झाउनुपर्ने र आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुँदासम्म निर्वाचनको तयारी पूर्ण नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेका दलले पनि प्रक्रियामा गएर आयोगलाई सघाउनुपर्ने बताए ।
उनीहरूले आयोगलाई संयुक्त रूपमा निर्वाचन गर्ने’bout दलहरूसँग निरन्तर सर्वदलीय बैठक गर्न, चुनावी माहोल निर्माण गर्न र सरकारलाई चुनावी माहोल निर्माण गर्ने वातावरण बनाइदिन आग्रह गर्नुपर्ने सुझाए ।
छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, प्रमुख आयुक्त दिनेश थपलिया, आयुक्तहरू नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेल पनि सहभागी थिए ।
निर्वाचन आयोगले भने मतदाता अद्यावधिक कार्यक्रम सुरु भएको, मतदान स्थल पुनरावलोकनको काम जारी रहेको र आचारसंहिताको खाका बनाइरहेको’bout जानकारी गरायो ।
यसैगरी निर्वाचन प्रयोजनका लागि दल दर्ताको तयारी र आवश्यक बजेटका विषयमा समेत भइरहेको प्रगति र दलहरूसँग विभिन्न चरणमा भएका छलफलबार जानकारी दिइयो ।
सरकारले १७ र २७ वैशाखमा गरी दुई चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेयता आयोगले निर्वाचन’bout सबै पक्षसँग छलफल गर्दै आइरहेको छ ।