‘फासीवाद लाद्न खोजेकाले आमहड्ताल’

काठमाडौं । सरकारले संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागेको भन्दै नेकपा दाहाल नेपाल समुहले आमहड्ताल घोषणा गरेको जनाएको छ ।

बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै नेता नारायणकाजी श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने भएकाले बाध्यतावश आमहड्ताल घोषणा गर्नुपरेको बताए ।

प्रतिनिधि सभा विघटनविरुद्ध मुलुक आन्दोलनमा होमिएका बेला संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेको उनको भनाई थियो ।

 

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने