खोटाङमा आफैंले खेलाएको आगोमा पर्दा बालकको मृत्यु

खोटाङ । खोटाङमा आफैले खेलाएको आगोमा पर्दा एक बालकको मृत्यु भएको छ । भत्किएको घरमा माँझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका ७ वर्षीय जेसन मगरको मृत्यु भएको हो ।

मंगलबार साँझ साथीहरुसँग खेल्न गएको अवस्थामा आगो खेलाउने क्रममा खर र परालको माँझमा आगो सल्केपछि भाग्न नसक्दा जेसनको मृत्यु भएको जानकारी आएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

आगो सुरु भएपछि भाग्न खोजेका जेसन भने आगो भएतिरै लुक्न पुग्दा उनको घटनास्थलमै ज्यान गएको स्थानियले बताएका छन् । उनीसँगै खेल्न गएका अन्य दुई जना भने भागेर बाँच्न सफल भएका छन् । बाल बिकास केन्द्र सिम्लेमा अध्ययनरत ७ वर्षीय बालकको शव परिक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरी दिवसमा गृहमन्त्री गुरुङले भने– ‘राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन’