Thursday, August 5, 2021
Homeअन्तराष्ट्रियकोरोना भाइरसबाट इरानमा २१० को मृत्यु

कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु

,
sharethis

लन्डन । कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको सङ्ख्या भन्दा यो छ गुणा बढी भएको बताइएको छ ।

शुुक्रबार सरकारी अधिकारीहरुले यस कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए । यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए र अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रवार एउटा संसदीय समितिलाई बताएका थिए ।

इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताएका थिए । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए ।

हालसम्म विश्वमा ८३,००० भन्दा बढी कोभिड १९ का सङ्क्रमणका घटना प्रमाणित भएका छन् । इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ।

तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् ।

(Visited 240 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

बँदेललाई पासाे थापेकाे करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी । जङ्गली बँदेलका लागि पासाे थापेकाे ठाउँमा करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

साताका लोकप्रिय समाचार

निजामती सेवामा नागरिक बडापत्र

जनताले आफ्नो सुरक्षा र आवश्यक सेवा उपलब्ध गराउन जनताले राज्य र सरकारको स्थापना भएको हो । प्रजातान्त्रिक, अधिनायकवादी, कम्युनिस्ट, तानाशाहीजस्तो प्रकारको सरकार भए पनि...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

खर्कमै पुगेर गाउँपालिकाले गर्याे गाई बस्तुको उपचार

हुम्ला । हुम्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउपालिकाको पहलमा खर्कमा रहेका गाई गोठमा पुगेर गाई बस्तुलाई उपचार गरिएको छ । हुम्लामा बर्षाको समयमा खर्क...

झलनाथ खनालकाे मृगाैला प्रत्याराेपण सफल

  काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो...

यार्सा र जडीबुटी खोज्नेद्वारा व्यापक वन फडानी

बझाङ । बझाङको बहुमूल्य हिमाली वन क्षेत्र नासिँदै गएको छ । यार्सा र जडीबुटी खोज्ने वन प्रवेश गर्नेबाट व्यापक रूपमा वन फडानी भइरहेको भए...

ट्रेन्डिङ

नेपालसहित एमालेका ११ नेताको कारवाही फुकुवा !

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बुधबार बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेको...

इकार्डी र पीएसजीबीच सम्झौता

पेरिस । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिना तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड मोउरो इकार्डीलाई आइतबार स्थायी खेलाडीको रूपमा औपचारिक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)