जनयुद्धदेखी गणतन्त्रसम्म मिडियाकाे भुमिका उलेख्य : दाहाल

फाइल तस्वीर

काठमाडौं । नेकपा दाहाल नेपाल समूह र मिडिया एलाइन्स प्रतिनिधिबीच समसामयिक राजनीति र सञ्चार क्षेत्र विकासलगायत विषयमा छलफल भएको छ ।

छलफलक्रममा समूह अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग आफूहरूको तुलना गरिए ‘अन्याय हुने’ जिकिर गरे । ‘दुबै उस्तै–उस्तै हुन् भनिए न्याय नहुने’ बताउ“दै उनले ‘अध्यादेश जारी गर्नेदेखि संसद्् विघटनसम्मका कदम पूर्णतया असंवैधानिक भएको’ उल्लेख गरे ।

दाहालले कांग्रेस, जसपालगायतका दलहरूसँग संसद् विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको भन्दै फागुनको पहिलो साताभित्र निष्कर्षमा पुगिने बताए । उनले अहिलेको परिस्थिति आउनुमा आफूहरूको कमजोरी छ कि भनि आत्मसमीक्षा गर्ने भन्दै चाँडै नै स्वेतपत्र जारी गरिने जानकारी दिए ।

अध्यक्ष दाहालले जनयुद्धदेखि गणतन्त्रसम्म सञ्चारक्षेत्रको भूमिका उल्लेखनिय रहेको बताउनुभयो । भोलिका दिनमा पनि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै जाने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा सो समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरू नै भएको भन्दै दुई तिहाइ केन्द्रीय सदस्यको बहुमतलाई कसैले नकार्न नसक्ने दावी गरे । नेपालले प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटन गर्ने विशेषाधिकार नरहेको जिकिर गर्दै प्रजातन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिएको बताए ।

अध्यक्ष नेपालले संकटमा परेको मिडिया उद्योगलाई विकल्प दिन सक्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा मिडिया एलाइन्स अध्यक्ष भाष्करराज राजकर्णीकारले संचार उद्योगको संरक्षणको लागि सरकारले काम गर्न नसकेको वताए । प्रजातन्त्र तथा लोकतन्त्रमा मात्र संचार माध्यम वाच्न सक्ने भन्दै अध्यक्ष राजकर्णिकारले संविधानको रक्षामा संचार माध्यमले भुमिका खेल्न सक्ने वताए ।

मिडिया एलाईन्सका महासचिव लक्ष्मण हुमागाइँले लोकतन्त्र विना संचार क्षेत्र वाच्न नसक्ने भन्दै लोकतन्त्रको रक्षाको लागि संचार क्षेत्र सदैव सक्रिय रहने बताए । कार्यक्रममा मिडिया एलाइन्सका अन्य प्रतिनिधिहरूले पनि आ आफ्नो धारणा राखेका थिए ।

त्यस अवसरमा मिडिया एलाईन्समा मुल धारका ८० प्रतिशत मिडिया संलग्न रहेको जानकारी दिईएको थियो । कार्यक्रममा संचार क्षेत्रमा एक खर्व भन्दा वढीको लगानी रहेको, हजारौ व्यक्तिले रोजगारी प्राप्त गरेको भन्दै संचार क्षेत्रको नियामक निकायको गठन गर्न, दक्षताको आधारमा पत्रकार तथा कर्मचारीको छनौटको व्यवस्था गर्न माग गरिएको थियो । कार्यक्रममा मुलधारका संचार माध्यमका लगानीकर्ता तथा प्रमुखहरूको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
याङवरक–३ मा नेकपा एमालेका उम्मेदवार २ मतको अन्तरले बिजयी