कोरोना संक्रमणले गर्दा विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित

काठमाडौं । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका कार्यक्रम स्थगित गरेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशहरु प्रभावित भएकोले सरकारले भ्रमण वर्षकाे प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले समय अनुकुल नहुँदासम्म विदेशमा हुने कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताएका हुन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

रौतहटबाट तीर्थयात्रा हिडेको बस भारतमा दुर्घटना दम्पतीसहित ३ को मृत्यु