ओलीजी देख्नु भो सभा कस्तो हुन्छ : प्रचण्ड

फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

दाहाल–नेपाल समूहले बुधबार आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको बताए ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’ उनले केपी ओलीलाई प्रश्न गरे ।

अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने उनको भनाई थियो । आजको उपस्थितिले अदालतलाई पनि सहज भएको उनको भनाई थियो ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची