नेतृ झाँक्रीको प्रहरीमा यस्तो छ बयान

काठमाडौं । प्रहरीद्वारा बिहीबार पक्राउ परी रिहा भएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीसमक्ष संवैधानिक राष्ट्रपतिप्रतिको आफ्नो सम्मान हिजो आज र भोलि पनि उतिकै रहने बयान दिएकी छन् । उनले प्रहरीसँगको बयानमा सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्नेमा आफ्नो जोड रहेको बताएकी छन् ।

दाहाल नेपाल समूहकी नेतृ झाँक्रीले राष्ट्रपतिमाथि गैरकानुनी टिप्पणी गरेको भन्दै उनीमाथि पक्राउ गरी कारबाही गर्न लिखित उजुरी परेपछि प्रहरीले बिहीबार पक्राउ गरेको थियो । पक्राउ परेको झन्डै ६ घण्टापछि प्रहरीले कागज गराई झाँक्रीलाई रिहा गरेको हो । प्रहरीले झाँक्रीसँग चारवटा सवाल सोधी जवाफसहितको बयान लिएको थियो ।बयानका क्रममा झाँक्रीले मुलुकका सबै संवैधानिक निकाय र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफनो सम्मान रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले सोधपुछका क्रममा झाँक्रीले आपूmले राष्ट्रपतिको अपमान गर्ने उद्देश्य नराखेको र राष्ट्रपतिप्रति उतिकै सम्मान रहेको लिखित बयान दिएपछि मुद्दा चलाउन आवश्यक नदेखि रिहा गरिएको जानकारी दिए । झाँक्रीको पक्राउपछि व्यापक विरोध भएको थियो । उनले प्रहरीमा चारवटा जवाफसहितको कागज गरेपछि रिहा भएकी हुन् ।

रिहा भएलगत्तै झाँक्रीले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफूले प्रतिनिधि सभा विघठनविरुद्ध चर्को अवाज उठाएकाले राजनीतिक प्रतिशोध साँधिएको बताइन् । उनले सरकारले आफ्नो मनोबल गिराउने (ह्यारेसमेन्ट) कार्य गरेको आरोप लगाइन् ।

यस्तो छ झाँक्रीले प्रहरीमा गरेको सवाल जवाफसहितको कागज:
सवाल १ : तपाईंले मिति २०७७-१०-१६ मा गोरखा जिल्लाको सिरानचौक गाउँपालिकामा भएको राजनीतिक भेलामा दिनुभएको सार्वजनिक अभिव्यक्तिको भिडियो देखाइन्छ, के कसो हो ? कुन सन्दर्भमा सो अभिव्यक्ति गर्नुभएको हो ? खुलाइ लेखिदिनुहोस्।

जवाफ: मिति २०७७-१०-१६ मा गोरखा जिल्लाको सिरानचौक गापामा भएको राजनीतिक भेलामा मैले बोलेको भिडियो देखाउँदा देखीसुनी पाएँ । म नेकपाको केन्द्रीय सदस्य भएकाले राजनीतिक भेलामा संसद् विघठनपछिको राजनीतिक परिवेशको विषयमा राजनीतिक अभिव्यक्ति दिएकी हुँ । म एक जिम्मेवार पदमा रहेकी राजनीतिकर्मी भएकाले नेपालको संविधान २०७२ को धारा १७ ले दिएको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता हकअन्तर्गत रही आफ्नो अभिव्यक्ति दिएकी हुन्

सवाल २: अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीज्यूलाई सम्बोधन गरी मिति २०७७- १०-२१ गते ज्ञापनपत्र पढी वाची सुनाइन्छ, ज्ञापनपत्रको बेहोरा के कसो हो खुलाई लेखिदिनुहोस् ।
जवाफ: अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीलाईज्यूलाई सम्बोधन गरी दिएको ज्ञापनपत्र मैले पढी वाची सुनी हेरी पाएँ ।बेहोरा बुझें । उक्त ज्ञापनपत्र दिने व्यक्तिलाई म खासै चिन्दिनँ । निजहरूले ज्ञापनपत्र के कुन अभिप्रायले दिएका हुन्मलाई थाहा भएन ।मुलुकका सबै संवैधानिक निकाय र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति मेरो सम्मान छ र रहनेछ

सवाल ३: तपाईंले गोरखा जिल्लाको सिरानचौक गाउँपालिकामा भएको राजनीतिक भेलामा सम्माननीय राष्ट्रपतिज्यूको ’boutमा व्यक्त गरेको अभिव्यक्तिले सम्मानित संस्था एवं सम्माननीय राष्ट्रपतिज्यूको गरिमामाथि आँच पु¥याउने, धम्की दिने किसिमका अभिव्यक्ति हुन होइनन्? खुलाई लेखाइदिनुहोस् ।
ज्वाफ: मैले गोरखा जिल्लामा भएको राजनीतिक भेलामा गरेका अभिव्यक्ति राजनीतिक अभिव्यक्ति हुन् ।संवैधानिक राष्ट्रपतिप्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उतिकै रहनेछ । सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्ने मेरो जोड छ ।

सवाल ४ : तपाईंले अन्य केही भन्न बाँकी भए खुलाई लेखिदिनुहोस्।
ज्वाफ: मैले नेपालको संविधान, प्रचलित कानुनको पालना गरी अभिव्यक्ति स्वतन्त्रताको हक, राजनीतिक स्वतन्त्रताको हक उपयोग गरेकी हुँ ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर बन्न २३ जनाको मनोनयन