चेल्सी चौथो स्थानमा

लन्डन । इग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा न्यूक्यासल चेल्सीले युनाइटेडलाई २–० ले पराजित ग-यो । यो जीतसँगै चेल्सी प्रिमियर लिग फुटबलको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

चेल्सीलाई विजयी गराउन ओलिभर जिरु र टिमो वेर्नरले १–१गोल गरे । यो गोलसँगै चेल्सीका जर्मन खेलाडी वेर्नरले १४ खेल लामो गोलको खडेरी तोडिएको छ । पछिल्लो १४ खेलमा उनले गोल गर्न सकेका थिएनन् । चेल्सीको यो जित नयाँ प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा लगातार चौथो जीत हो ।

प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्यामले सेफिल्डलाई ३–० ले हराएको छ । जितपछि वेष्ट ह्यामले २४ खेलबाट ४२ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान ४२ अंक जोडेको चेल्सी गोल अन्तरको आधारमा चौथो स्थानमा छ ।

४० अंक मात्रै जोडेको लिभरपुल भने छेटौं स्थानमा झरेको छ । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको २३ खेलबाट ५३ अंक छ । २४ खेलबाट ४६–४६ अंक जोडेका म्यान्चेस्टर युनाइटेड र लेष्टर सिटी क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा