Tuesday, September 21, 2021
Your Ads Here
Homeभर्खरैसचिव सरुवामा एकपछि अर्को संशोधनले बेथिति

सचिव सरुवामा एकपछि अर्को संशोधनले बेथिति

,
sharethis

काठमाडौं । सरकारले आफैंले गरेको सचिव सरुवा पटक–पटक सच्चाएर सरुवालाई विवादित बनाएको छ । गत बिहीबार १७ जना सचिवको सरुवा भए पनि त्यसलाई अन्तिम रूप दिन झन्डै एक साता लागेको थियो । एक साताको समयमा सरकारले झन्डै चारपटकसम्म सचिव सरुवाको निर्णयलाई सच्याएको छ । यसले सरुवामा बेथिति निम्ताएको टिप्पणी प्रशासकले गरेका छन् ।

विहीबार सचिवको सरुवा गरिए पनि विवादित बनेपछि सोमबार सचिवलाई पत्र दिइएको थियो तर अझै केही सचिवले सरुवाको पत्र बुझेका छैनन् । उचित गृहकार्य बिना नै सचिव सरुवा गरी सरुवा सच्याउनुपर्दा सरकारकै निर्णय विवादित बनेको हो ।

सरकारले सुरुमा भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको भए पनि सो सरुवा रद्द गर्दै पाण्डेलाई भूमिव्यवस्था मन्त्रालयमा नै यथावत् राखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याललाई भूमिव्यवस्था मन्त्रालयमा सरुवा गरिएको भए पनि अन्तिममा आएर उनको सरुवा पनि रद्द गर्दै पौड्याललाई वित्त आयोगमा नै यथावत् राखिएको छ ।

अन्यत्रबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएर आउने सचिवले गर्वको अनुभूति गर्नुपर्ने ठाउँमा आफूलाई कारबाही भएको महसुस गर्ने गरेका छन्

यसैगरी सुरुमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएका शिक्षा सचिव गोपीनाथ मैनालीको पनि सो सरुवा रद्द गरी उपराष्ट्रपति कार्यालयमा गरिएको छ । उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएकी निर्वाचन आयोगकी देवकुमारी गुरागार्इंको सो सरुवा पनि रद्द गरी उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आजदेखि १८ वर्ष माथीका उमेर समुहले भाेराेसेल खाेप लगाउन पाउने

सरकारले सचिव सरुवासम्बन्धी स्पष्ट मापदण्ड र कार्यविधि बनाउन नसक्दा र हचुवाको आधारमा सरुवा गर्दा कतिपय सचिवको मनोबल गिर्ने गरेको र त्यसले प्रशासन सुधारमा गम्भीर धक्का लाग्ने गरेको प्रशासनविद्ले बताएका छन् ।

अन्यत्रबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएर आउने सचिवले गर्वको अनुभूति गर्नुपर्ने ठाउँमा आफूलाई कारबाही भएको महसुस गर्ने गरेका छन् । यसले गर्दा पनि प्रधानमन्त्री कार्यालयले गर्ने कार्यसम्पादन शसक्त बन्न नसकेको बताइएको छ ।

सहसचिवको काज सरुवा नगरिने
पटक–पटक विवादित बनेपछि अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले कुनै पनि सहसचिवको काज सरुवा नगर्ने निर्णय गरेको छ । अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट सहसचिवको सरुवा हुने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अहिले झन्डै तीन दर्जन सहसचिवको सरुवा तथा पदस्थापनको गृहकार्य भइरहेको भए तापनि विभिन्न शक्तिकेन्द्रले आफू निकटका सहसचिवलाई आफूअनुकूलको निकायमा लैजान दौडधुप तीव्र पारेपछि सहसचिव सरुवा प्रक्रिया नै अवरुद्ध बनेको छ । विभिन्न शक्तिकेन्द्रको चलखेलका बावजुद पनि सामान्य प्रशासन मन्त्रालयले दुई दर्जन सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्मा पठाउने गृहकार्य अन्तिम चरणमा पु-याएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 389 times, 1 visits today)

आजको समाचार

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

साताका लोकप्रिय समाचार

एमाले फुट नयाँ सन्देशकै स्रोत बनोस्

राजनीतिमा दल विभाजित हुनु सामान्य कुरा हो । दल फुटको मुख्य उद्देश्य नै सैद्धान्तिक नीतिगत, वैचारिक विभेदकै अन्त्य गर्नु हो । जसले दलद्वारा सम्पादित...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

मिटर ब्याजको जालो : न जमिन रह्यो, न पैसा

  इटहरी । सप्तरीको खडक नगरपालिका–८ का बच्चालाल साहले गाउँकै महाजन रामदेव साहबाट २०६६ साउन ३० मा ४ लाख २९ हजार ऋण लिए । ७...

नेपाल रत्न स्व. कृष्णप्रसाद भट्टराइलाई

  काठमाडौं ।सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण पाँच सय बढीलाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा...

बर्दियामा छिमेकीले बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँमा शुक्रबार राति जंगली जनावरलाई थालेको विद्युत्तीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई...

ट्रेन्डिङ

घरबेटीको कुटाइबाट भाडामा बस्ने चौधरीको मृत्यु

काठमाडौं । कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्नेको मृत्यु भएको छ । कीर्तिपुर–७ मा भाडामा बस्दै आएका बाराका ४० वर्षीय शम्भु चौधरीको घरबेटी प्रेमलाल महर्जनको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)