ठाडोभाकामा रमे राइनासबासी

लमजुङ । लमजुङको राइनास नगरपालिकामा ठाडोभाका प्रस्तुति प्रत्यक्ष देख्न र त्यसमा रम्न पाउँदा स्थानीयबासीहरू खुसीले रमाएका छन् । राइनास नगरपालिका– ५ को तनिपिप्ले स्थित शिशुविद्याश्रम माविको हातामा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको पाँचौ स्थापना दिवसमा आयोजित ठाडोभाका प्रस्तुति देखेर उनीहरू रमाएका हुन् ।

स्थपना दिवसमा तीन जोडीले ठाडोभाका प्रस्तुत गर्नुका साथै अन्य सांगीतिक प्रस्तुति पनि गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ र गायिका काशी तामाङ, प्रतिष्ठानका कार्यकारी सदस्य सीता दुरा र आजीवन सदस्य आशबहादुर विक, नवीन भण्डारी, भुन्टी तामाङ र सन्त तामाङको जोडीले ठाडोभाकाको प्रस्तुति गरेका थिए ।

यसैगरी, उक्त माविकी छात्रा सविना विकले ठाडोभाका, शिक्षक सावित्री पोखरेल र छात्रवृत्ती पाउने कुमालकी आमा डिलमाया थापा र छात्र कुमालले पनि आ– आफ्नो प्रस्तुति गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका संरक्षक धम्पुका साथमा सावित्री पोखरेल र डिलमाया थापाका बीचमा दोहोरी प्रस्तुत गरिएको थियो । साथमा उक्त विद्यालयका स्काउन विद्यार्थीले समेत स्काउट नृत्य प्रस्तुत गरेका थिए ।

सो माविको व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भट्टले ठाडोभाका लमजुङको पहिचान र गौरव मानिएको बताए । यो गीत सुन्न इलमपोखरी या करापुटारको मेलामा जानु पर्नेमा यसपटक आफ्नै गाउँको विद्यालयमा प्रत्यक्ष कार्यक्रम आयोजना हुँदा सबै खुसी भएको पनि उनले बताए ।

नयाँ प्रतिभाको खोजीका लागि त्यहाँ यो कार्यक्रम राखिएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष मातृकाप्रसाद खनालले बताए । उनले भने, ‘प्रत्यक्ष ठाडोभाका गाएको देख्न पाउनु यो क्षेत्रका लागि प्रेरणादायी कार्यक्रम भयो ।’

सो अवसरमा सोही विद्यालयको कक्षा– ६ का जेहन्दार विधार्थी रोशन कुमाललाई प्रतिष्ठानद्वारा उनको अध्ययनको खर्च स्वरुप सबै प्रकारका फि, डे्स, किताव, कापी, कलमआदि बेहोर्ने घोषाणा गर्दै ती सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापा, विशेष अतिथि उपमेयर धनकुमारी गुरुङ र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले ती सामग्री रोशन र उनकी आमालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उनीहरूले ठाडो भाकाको महत्व’bout कार्यक्रममा प्रकाश पारे ।

यसैगरी, उपमेयर धनकुमारी गुरुङले ठाडोभाका लोककला प्रतिष्ठानका गतिविधिसँग आफू नजिक रहेको बताउदै नगरपालिका प्रतिष्ठानसँग सहकार्य गर्न तयार छ भनिन् ।

सो अवसरमा कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले अझै पनि लोककला, संस्कृति, साहित्य तथा पत्रकारिताका क्षेत्रमा काम गर्नेहरूले राज्य आफ्नो अभिभावक भएको अनुभूति गर्न नपाएको स्थिति दर्शाउँदै दुःख व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेसका उम्मेदवार विजयी