छोरीले गरिन् , क्रियापुत्री बनेर बुवाको अन्तिम संस्कार


उदयपुर । रुढीबादी समाज परिवर्तनको पक्षमा उभिदै उदयपुरको त्रियुगा नगरपालिका– १२ डिएमगेटकी रौनीयार समाजकी एक मधेसी छोरीले बुवाको क्रियापुत्री बनेर अन्तिम संस्कार गरेकी छिन् । उदयपुरमा मधेसी समुदायमा पहिलो पटक छोरीको नाताले उनले यस किसिमको संस्कार अंगाल्दै समाज परिवर्तनको उदाहरण दिएकी हुन् ।


गाईघाट निबासी अनिलकुमार गुप्ताको निधनपछि उनकी छोरी १६ वर्षिया अनु गुप्ताले बुवाको क्रियापुत्री बसेर अन्तिम संस्कार गरेकी हुन् । छोरी अनुले नै आफनो जातीय धार्मीक संस्कार अनुरुप बुवालाई दागबत्ती (मुख अग्नी) पनि दिइकी थिइन् । ३९ वर्षिय अनिलको अस्पतालमा निधन भएको थियो । अनु उनकी एक्ली छोरी हुन् ।


मधेसी समाजका अगुवा युवा राजकुमार शर्माका अनुसार समाज परिवर्तनको पक्षमा उभिएर छोरी अनुले आफनो बुवाको क्रियापुत्री आफै बसेकी हुन् । समाज रूपान्तरणको यो कदम उदयपुरको मधेसी समाजमा पहिलो भएको शर्माले बताए । उनको यो कदमलाई रौनियार समाजले स्विकार गर्दै सामाजिक परिवर्तनको नाम दिएका छन् ।

रौनियार समाजकै अगुवा युवा रुपम अनुरागले समाज परिवर्तनको संज्ञा दिदै अनुले बुवालाई दागबत्ति (मुख अग्नी) दिएको तस्बिर फेसबुकमा पोष्ट समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,030 times, 1 visits today)

epaper

ताजा समाचार

खोकनामै अड्कियो गौरवको आयोजना