अब केही दिन मौसम सफा हुने

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश भू–भागमा मौसम सफा रहने जनाएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने छ ।

प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्न तथा साँझपख मौसममा परिवर्तन भएको र अबको तीन दिन भने मौसम सफा रहने उनको भनाइ छ ।

आइतबार भने देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

epaper

ताजा समाचार

एकै दिन ४७० सवारीसाधन कारबाहीमा