सात महिनामा पाँच सय ५ फरार अपराधी प्रहरी नियन्त्रणमा

सप्तरी, राजविराज । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएका ५ सय ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पछिल्लो पटक शुक्रबार विगत पाँच महिनादेखी जवरजस्तीकरणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने २० वर्षिय मो. सहादत पक्राउ परेका छन् । उनीसँगै साउन यता फरार अभियुक्त पक्राउ पर्नेको संख्या ५ सय ७ पुगेको हो ।

फरार अपराधी पक्राउ गर्न प्रहरी सक्रियता बढेपछि चालु आ.ब.को आधी अवधीमै यती धेरै संख्यामा फरार अपराधी पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरुमा कुटपिट मुद्दाका सर्वाधिक छन् । यस्तै सवारी ज्यान, कर्तत्व ज्यान, गाली बेइजती, ठगि, जबरजस्तीकरणी, लेनदेन लगायत मुद्दाका फरार प्रतिवादी पनि पक्राउ पर्नेमा छन् ।

पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष ६ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको वक्यौता १२ लाख ७७ हजार ७ सय २६ रुँपैया असुली भएको जिल्ला प्रहरी कार्यालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको डिएसपी भुवनेश्वर साहले बताए ।

यस्तै यस अवधीमा भन्सार छलि भित्राइएका ८८ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्याक्टर, ३ थान पिकअप तथा २ थान टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रियाका लागि भन्सार बुझाइएको डिएसपी साहले जानकारी दिए । यसरी बरामद गरिएका सवारीसाधनको २ करोड ३४ लाख १७ हजार ५ सय ७२ रुँपैया अनुमानित मुल्याङ्कन गरिएको छ ।

यस्तै यस अवधीमा जिल्लामा विभिन्न अपराधका ४ सय ३७ मुद्दा दर्ता भएका छन् । जुन गत आ.ब.को तुलनामा कम रहेको तथ्याङ्कले देखाएको छ । अपराध नियन्त्रणका लागि चलाइएको अभियान उपलब्धीमूलक बन्दै गएको भन्दै प्रहरीले यसमा सघाउन सबैसँग आग्रह पनि गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 608 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रामपुरमा नेपाली काँग्रेस विजयी