Sunday, April 18, 2021
Home Breaking News संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

,

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासमेत संलग्न रहेको संवैधानिक परिषद्ले विभिन्न ११ वटा निकायमा ३२ जना पदाधिकारीको सिफारिस भई कानुनअनुसार नियुक्ति भएको थियो । तत्कालीन अवस्थामा प्रतिनिधिसभा नरहे पनि सबै कानुनी प्रक्रिया पूरा गरेर नियुक्ति भई उनीहरूले अहिले धमाधम काम गरिरहेका छन् । विभिन्न संवैधानिक निकायका प्रमुखलाई प्रधानन्यायधीश आफैंले शपथसमेत खुवाएर कानुनी र वैधानिक हैसियत दिएका थिए ।

– सिफारिसकर्तामध्येका एक हुन् प्रधानन्यायाधीश आफैं
– शपथ पनि प्रधानन्यायधीशले नै गराएका थिए
– कानुनी प्रक्रिया पूरा गरेरै शपथ र नियुक्ति

अहिले प्रधानन्यायाधीशबाटै शपथ खाएर काम गरेका पदाधिकारीको नियुक्ति बदर हुनुपर्छ भनेर गरिएको मागले प्रधानन्यायाधीशमाथि नै प्रश्न उठाउने काम गरिएको कानुनका जानकारको भनाइ छ । अधिवक्ता युवराज कोइरालाले कानुनअनुसार नै भएको सिफारिस र नियुक्तिको विषयलाई प्रतिनिधिसभा पुनस्र्थापनासँग जोडेर अर्थ लगाउनु गलत भएको बताए । प्रधानन्यायाधीश सदस्य रहेको संवैधानिक परिषद्ले सिफरिस गरेको र प्रधानन्यायाधीश आफंैले शपथ खुवाउनु भएकाले पनि त्यो नियुक्तिले वैधानिकता हासिल गरिसकेको अधिवक्ता कोइरालाको तर्क छ । कानुन व्यवसायीले यस सम्बन्धमा सर्वोच्चमा रिट परेकाले सर्वोच्चले छुट्टै निर्णय दिनुपर्ने बताएका छन् ।

प्रधानन्यायधीश सदस्य रहेको संवैधानिक परिषद्ले सिफरिस गरेको र प्रधानन्यायधीश आफैंले शपथ खुवाउनु भएकाले पनि त्यो नियुक्तिले वैधानिकता हासिल गरिसकेको छ । यो विषयलाई प्रतिनिधिसभा पुनस्र्थापनासँग जोड्नु पूर्णतः गलत छ
युवराज कोइराला, अधिवक्ता

संवैधानिक आयोगका पदाधिकारीको विषयसम्बन्धी टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीव रेग्मीले बताए । ‘संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति र शपथका विषयमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भई अग्राधिकारमा राखिएको छ,’ सहन्यायाधिवक्ता रेग्मीले भने, ‘संवैधानिक आयोगको पदाधिकारीको विषयलाई प्रतिनिधिसभा पुनस्र्थापनासँग जोडेर हेर्न मिल्दैन ।’ अदालतले फैसला नगरेसम्म संवैधानिक आयोगका पदाधिकारीलाई काम गर्न बाधा नहुने उनको तर्क छ ।

३० मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्बाट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्दै ५ पुसमा संसदीय सुनुवाइका लागि पठाइएको थियो । संसद् भएको समयमै सो संवैधानिक परिषद्को निर्णय संसदीय सचिवालयमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए ।

त्यसपछि ४५ दिनपछि अर्थात् २१ माघमा अख्तियार दुरुपयोग अनसन्धान आयोग लगायत ११ वटा संवैधानिक आयोगमा ऐन नियमअनुसार नै पदाधिकारीको शपथ खुवाइएको थियो । संवैधानिक आयोगका पदाधिकारीलाई नियुक्ति र शपथ असंवैधानिक भन्दै सर्वोच्चमा तीनवटा रिट दर्ता भएको थियो । सो रिटलाई सर्वोच्चले अग्राधिकार राख्न आदेश दिए पनि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत ११ वटा संवैधानिक आयोगमा पदाधिकारीले शपथ लिइसकेका छन् । २१ माघमा राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विभिन्न संवैधानिक आयोगका ३२ जना पदाधिकारीलाई शपथ खुवाएका थिए ।

संवैधानिक आयोगको पदाधिकारीको विषयलाई प्रतिनिधिसभा पुनस्र्थापनासँग जोडेर हेर्न मिल्दैन । यो छुट्टै विषय हो र अदालतले फैसला नगरेसम्म संवैधानिक आयोगका पदाधिकारीलाई काम गर्न कुनै बाधा छैन
सञ्जीव रेग्मी, सहन्यायधिवक्ता, महान्यायाधिवक्ता कार्यालय

प्रधानमन्त्री केपी ओलीले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेका थिए । त्यसकै आधारमा ३० मंसिरमा परिषद्को बैठक बोलाएर ११ आयोगमा नियुक्तिको सिफारिस गरेका थिए । प्रधानन्यायधीश राणाले शपथ खुवाएपछि संवैधानिक परिषद्का सदस्यसमेत रहेका अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगको पदाधिकारीको नियुक्ति र शपथ असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । अहिले सो विषय सर्वोच्चले अग्राधिकारमा राखेर हेरिरहेको छ । मुद्दा विचाराधीन रहेकै बेला २१ माघमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश राणाले सिफारिस भएका ३८ मध्ये ३२ जनालाई शपथ गराएका थिए ।

अर्कोतर्फ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गर्दै ५ पुसपछिको निर्णयलाई शून्य समय भनेको छ । संवैधानिक परिषद्ले भने संवैधानिक आयोगमा पदाधिकारीको नियुक्तिको सिफारिस ३० मंसिरमा गरेको थियो । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै मंगलबार दिएको फैसलामा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्तिसमेतका तत्सम्बन्धी सम्पूर्ण कामकारबाही असंवैधानिक भएकाले प्रारम्भदेखि नै कानुन प्रभाव शून्य रहनेगरी उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । संघीय संसद्को प्रतिनिधिसभा सो असंवैधानिक विघटनभन्दा पहिलेको स्थितिमा पुनस्र्थापित भई यथास्थितिमै काम गर्न सक्षम र समर्थन रहेको छ ।’

(Visited 387 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

सिउल । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको...

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

उदेशले सुनाए प्रेमध्वजका गीत

काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा...

सातवटै प्रदेशमा चार्जिङ स्टेसन निर्माण गरिँदै

काठमाडौं । विद्युतीय सवारीसाधन विस्तारका लागि चार्जिङ स्टेसन निर्माणको ठेक्का सम्झौता सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले देशका ५० वटा स्थानमा विद्युतीय सवारीसाधनका...

ट्रेन्डिङ

कोरोना लक्षण देखिएकी गर्भवती महिलाको शव व्यवस्थापन

सप्तरी । होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शवलाई व्यवस्थापन गरिएको छ । कोरोनाको लक्षण देखिएकी गर्भवतीको चार जना परिवारका...

लकडाउनपछि पशुपतिमा घट्न थाले शव

काठमाडाैं । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११...

बलात्कार आरोपमा पोखरामा एसएसपी पक्राउ

पोखरा । चितवनकी एक महिलालाई बलात्कार आरोपमा नेपाल सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखरामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी...

पुतलीसडकमा आगलागी

काठमाडौं । पुतलीसडक चोकमा रहेको विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ । चोकमै रहेको ट्रान्समिटर र कम्प्युटरबजार अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको छ...

रिर्पोट नआउदै क्वारेन्टाईनबाट घर पठाईएका ५८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउपालिकाले क्वारेन्टाईनबाट घर पठाएकाहरुमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । गाउपालिकाले कोरोना परिक्षणका लागि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरि...

प्रधानमन्त्री ओली झापा आगमन

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश...

कोरोना प्रभाव : अन्तर्राष्ट्रिय उडानमा भारी कटौती

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण...

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो...

एसईई परीक्षा त्रास होइन

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही चैत्र ६ गतेदेखि देशव्यापी रूपमा सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार यसपटक करिब पाँच...

लुम्बिनी खोप अभियानः पहिलो चरणमा ३९ हजारलाई लगाइँदै

लुम्बिनी । लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने तयारी...

बलात्कारका फरार प्रतिवादी एक बर्षपछि प्रहरी फन्दामा

राजविराराज । बलात्कारका एक फरार आरोपी एक बर्ष पछि आइतवार प्रहरी फन्दामा परेका छन । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वाड नं. ७...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)