Monday, July 26, 2021
HomeEditor-Picks३१ सहसचिवको सरुवा: राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणमा नयाँ नेतृत्व

३१ सहसचिवको सरुवा: राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणमा नयाँ नेतृत्व

सक्लान् आर्थिक अपराधी पत्ता लगाउन ?

,
sharethis

सरकारले आर्थिक अपराधीको पहिचान गरी कानुनी दायरामा ल्याउने महŒवपूर्ण भूमिकामा रहने राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धीकरण अनुसन्धान विभागका प्रमुखसहित ३१ जना सहसचिवको सरुवा गरेको छ ।

पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने राजस्व अनुसन्धान विभागको महानिर्देशकमा रक्षा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यलाई लगिएको छ । विभागका महानिर्देशक मैनालीले विभागमा रहँदा राजस्व छलीमा संलग्नलाई लगातार कारबाहीको दायरामा ल्याएर उत्कृष्ट कार्य गरेका थिए । हाल विभागको महानिर्देशकका रूपमा गएका आचार्य पनि कुशल प्रशासकका रूपमा परिचित छन् । उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहँदासमेत प्रभावकारी कार्य गरेका थिए । तर, विभागमा महानिर्देशकका रूपमा गएपछि उनलाई मैनालीले गरेअनुसारको कार्य गर्न निकै चुनौती देखिएको छ ।

यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई राष्ट्रपति कार्यालयमा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुरलाई लगिएको छ । ठाकुरले अवैध रूपमा अकुत सम्पति आर्जन गरी शुद्धीकरण गर्नेमाथि छानबिन प्रक्रियालाई गति दिने विश्वास गरिएको छ । यसअघि भट्टराईले पनि राम्रै गति दिएका थिए ।
यसैगरी, सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्कीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई गृह मन्त्रालय, लगानी बोर्डका धर्मेन्द्रकुमार मिश्रलाई मधेसी आयोगमा, कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालयमा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रकाश पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, गृह मन्त्रालयका रमेश न्यौपानेलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ भने खानेपानी मन्त्रालयका रितेशकुमार शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयका ऋषि तिवारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, गृह मन्त्रालयका पुण्यविक्रम पौडेललाई कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, गृह मन्त्रालयका अर्जुनकुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र गृह मन्त्रालयका उमेश बस्नेतलाई विराटनगर महानगर पालिकाकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

यस्तै, गृह मन्त्रालयका हिरालाल रेग्मीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा, गृह मन्त्रालयका रमेश सिवाकोटीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशका शोभाकान्त पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, सहकारी विभागका रजिस्टार टोकराज पाण्डेलाई रक्षा मन्त्रालयमा, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका रघुराम विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूरपश्चिममै सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश २ का सचिव भूपाल बराललाई लगानी बोर्डको कार्यालयमा, मधेस आयोगका भुवनहरि अर्याललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा, हेटांैडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई ऊर्जा, जलस्रोत मन्त्रालयमा, अर्थ मन्त्रालयका शिवादेवी दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका शिवलाल तिवारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेशका डा. हरि लम्साललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको प्रधामन्त्री कार्यालयले जनाएको छ ।

(Visited 254 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

साताका लोकप्रिय समाचार

माथिल्लो तामाकोसीबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन

  काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट समेत विद्युत उत्पादन सुरु भएको छ । शुक्रबार रातिदेखि...

चल्न थाल्याे लामाे दूरीका सार्वजनिक सवारी साधन

  काठमाडाैं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन सुरू भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले स्वास्थ्य मापदण्ड पुर्‍याएर यातायात सञ्चालन गर्ने निर्णय...

बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

  दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

निर्माण सम्पन्न नहुदै भत्कियो झोलुंगे पुल

सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. १ को सिक्रे र वडा नं. २ को हिलेपानी जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न नहुदै भत्किएको छ ।...

ट्रेन्डिङ

वाग्मती प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिश

मकवानपुर । वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस...

मल्लकालीन शैलीमा पुनर्निर्माण

ललितपुर । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ललितपुर महानगरपालिका–१६ काøगुननि स्थित मंकाः छेँको भवन मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको छ । डेढ वर्षभित्रमा सो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)