Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ३ स्वास्थ्यका कार्यक्रम महत्वाकाक्षी, कार्यान्वयन सुस्त

स्वास्थ्यका कार्यक्रम महत्वाकाक्षी, कार्यान्वयन सुस्त

सरकारको नीति तथा कार्यक्रम

,

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि कार्यान्वयन कछुवाको गतिमा रहेको पाइएको छ ।

सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्र्य गर्र्न प्रयोगशाला परीक्षण सेवासहितका ३ सय शøयाको केन्द्रीय र न्यूनतम ५० शयाको प्रदेशस्तरीय अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने सरकारको नीति तथा कार्यक्रम २०७७-७८ मा उल्लेख छ । तर, कार्यान्वयनका लागि सरकारले तीव्रता दिएको छैन ।

– एकीकृत छाता ऐन खोइ ?
– स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन अन्योलमै
– प्रमुख राजमार्गमा ट्रमा सेवा सकस
– स्थानीय तहका वडामा व्यामशाला अन्योल
– एकीकृत एम्बुलेन्स सेवा सञ्चालन अझै भएन

यस्तै, गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सरकारको योजनामा उल्लेख छ । तर, अहिलेसम्म गरिब परिचयपत्र कार्यक्रम पूर्ण रूपमा लागू हुन सकेको छैन ।
सरकारको नीति तथा कार्यक्रममा स्थानीय तहका वडामा व्यायमशाला, आरोग्य केन्द्र र योग केन्द्र्र स्थापना गर्न प्रोत्साहन गरिने भनिए पनि सबै स्थानीय तहमा अझै ती कार्यक्रम लागू हुन सकेका छैनन् ।

नेपालभरको जुनसुकै स्थानबाट ३ अंकको टेलिफोन नम्बरमा सम्पर्क गरी नागरिकले सहज र सरल रूपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । तर, अहिलेसम्म एकीकृत एम्बुलेन्स सेवा सञ्चालनमा आउन सकेको छैन । प्रमुख राजमार्गमा ट्रमा सेवाको विस्तार गरिने भनिए पनि सो विषय सरकारको नीति तथा कार्यक्रममा मात्रै सीमित भएको छ ।

सबै मेडिकल कलेजले जिल्लामा एक अस्पतालमा शल्यचिकित्सासहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्य संस्थाले महिनाको एक दिन स्याटेलाइट क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिल, अनुसन्धान केन्द्र र अस्पताललाई थप मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गरिने उल्लेख छ । तर, एकीकृत ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमित गठन गरे पनि कहिले ऐन आउने भन्नेमा अन्योल कायम छ ।

रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिने, औषधि, औजार तथा उपकरणसमेतको गुणस्तर मापन तथा नियमन गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको स्थापना गरिने उल्लेख छ ।

यस्तै, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्र्रत्यायन प्राधिकरण स्थापना गरिने विषय पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार रोग नियन्त्रण केन्द्र र स्वास्थ्य संस्थान प्रत्यायन बोर्ड गठनसम्बन्धी कानुन प्रादेशिक रूपमा छलफल लगभग सकिएको छ । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय कार्यक्रमिक रूपमा समेटिए पनि कार्यान्वयन प्रभावकारी तवरबाट हुन सकेको छैन ।

सरकारको नीति तथा कार्यक्रम पारित भएको सात महिना बितिसक्दा पनि अधिकांश कार्यक्रम अलपत्र छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आफूहरू लागिपरेको बताए । उनले भने, ‘अहिले स्वास्थ्यका पूर्वाधार निर्माणका काम भइरहेका छन् । केही प्रक्रियामै छन् ।’ उनले कार्यक्रम कार्यान्वयनका लागि ऐन ‘ड्राफ्ट’को काम भइरहेको बताए ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि...

बुटवलमा हत्या गरिएका युवाकाे शव बागलुङ लगेर गाडियाे

बुटवल ।  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा-यो । घटनाको प्रकृति हेर्दा...

आरक्षण होइन, सक्षमतामा खोजौं

अघिल्लो साता एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणका नाममा योग्यता, सक्षमता र दक्षतालाई ओझेलमा पारिएकाले यसमा पुनर्विचार गर्न जरुरी भएको अभिव्यक्ति दिए ।...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

किरण धनगढीमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को साताबाट सुरु हुने खुकरी नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी फुटबल एफसीमा आबद्ध भएका...

ट्रेन्डिङ

विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

सिमकोट । नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको...

कुहिएको चामल पुनः प्रयोगमा रोक लगाऊ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती...

कोभिड–१९ सम्बन्धी आदेश कार्यान्वयन नभएपछि सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं । सर्वोच्च अदालतले यसअघि भएका कोभिड–१९ सम्बन्धी आदेश कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित हुन आदेश गरेको छ । वरिष्ठ अधिवक्ता...

कोरोना जीवाणुको औषधि परीक्षण अमेरिकाको नेब्रास्कामा पनि शुरु

ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४००...

आयोजनाले भुक्तानी नगर्दा पर्सामा सडकको काम अलपत्र

वीरगन्ज । हुलाकी राजमार्ग आयोजनाले समयमा बिल भुक्तानी नगर्दा पर्साको वीरगन्जदेखि सेढवा सडकखण्डको स्तरोन्नतिको काम प्रभावित भएको छ । ठेक्का सम्झौताअनुसार बिल पेस भएको...

बझाङमा पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

 बझाङ ।  बझाङमा पाटेबाघकाे छाला सहित २ जना पक्राउ परेका छन् । बुङ्गल नगरपालिका वाडा नब्बर ६ का २७ बर्षिया हरजित बाेहरा र २३...

तीज, आत्मनिर्भरता र नारी सुन्दरता

कोरोना भाइरस संक्रमण संकटको सामना गरिरहेको बेला नेपाली महिलाको महान् चाड तीज आएको छ । यो बेलामा हामीले अत्यन्तै सतर्कतापूर्वक चाडपर्व, संस्कार, संस्कृति मनाउनुपर्ने...

४ लाख घुससहित गौतमबुद्ध विमानस्थलका कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सहयोगी विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ...

दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा दुई जना सहायक बन अधिकृत अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका...

पेट्रोलियम पदार्थबाट चल्ने सवारी र मदिराको कर यथावत्

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र मदिरामा लिँदै आएको करको दर यसपटक यथावत् राखेको छ । यसअघि नेगेटिभ लिस्टमा राखेर कर...

संस्थागत भ्रष्टाचारको तथ्य सतहमा आयो : डा. महत

वीरगन्ज । नेकपा एमालेको सरकार संस्थागत भ्रष्टाचारमा लिप्त रहेको आरोप नेपाली कांगे्रसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । शुक्रबार वीरगन्जमा भएको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत...

कास्कीमा एमालेको समानान्तर कमिटी गठन

पोखरा । नेकपा एमाले कास्कीमा समानान्तर कमिटी गठन गरिएको छ । कमिटी अध्यक्षमा धनराज आचार्य चयन भएका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)