गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् ।

गाउँपालिका अध्यक्ष रामअश्रय साहको कोषबाट करिब ९ लाखको लागतमा बन्दै गरेको ९०÷९५ मिटर लामो, १२ फिट चौडाई र ८ इन्च उचाई भएको सडक ढलानमा १ नम्बर ईट्टा लगाउनु पर्नेमा ३ नम्बर ईट्टा लगाईएको भन्दै स्थानीयले गुणस्तरीयहिन काम भएको भन्दै बिरोध गरेका छन ।

स्थानियले बिरोध गरेपछि सडकको ढलान कार्य उपभोक्ता समितिले तत्काल रोकेको छ । गाउँपालिका इन्जिनियर नितेश साहले समेत १ नम्बर ईट्टा दिनु पर्ने ठाँउमा ३ नम्बर ईट्टा प्रयोग गरेका कारणले सोको मूल्याकन नगर्ने चेतावनी दिएको स्थानीयले बताएका छन् ।

इन्जिनियरले बनाएको इस्टिमेट अनुसार कार्य नभएको र इस्टिमेट अनुसार कार्य गर्न नचाहेको हुँदा आफूहरुले बिरोध गरेको स्थानीय फेकु रायले बताए । उपभोक्ता समितिका सदस्य प्रेम यादवले निमार्ण कार्य सुरु गर्दा १ नम्बर ईट्टा पाउन कठिन भएकाले ३ नम्बर ईट्टा प्रयोग गरेको बताए ।

धनकौल गाँउपालिका वडा नम्बर १ का स्थानिय रामपरिक्षण महत्तोले इस्टीमेट अनुसार काम नभए काम गर्न नदिने बताए । कमसल सामग्रीको प्रयोग गरी निमार्णकार्य गर्न कुनैपनि हालतमा नदिने महतोले बताए । यसैगरी गाउँपालिका अध्यक्ष रामआश्रय साहले कमसल सामग्री प्रयोग गरेर बाटो निर्माण भैरहेको र नागरीकको गुनासो आएपछि तत्काल आफुले काम बन्द गर्न निर्देशन दिएको बताए । कमसल ईट्टा प्रयोग भएकाले उक्त ईट्टा हटाएर १ नम्बर ईट्टा नै प्रयोग भएर उक्त सडक ढलान कार्य हुने अध्यक्ष साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा