अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले आज पत्रकारसँग कुरा गर्दै फेरी पनि यहि सरकार निरन्तर रहने बताए । प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन दाहाल– नेपाल समूह लागिरहेको आरोप लगाउँदै त्यो प्रयास निरर्थक हुने जिकिर गरे । “उहाँहरुले अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनु भएको छ, यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहको प्रयास निरर्थक हुनेछ ।” उनले भने ।

महासचिव पौडेलले अहिले पनि नेकपा राष्ट्रिय राजनीतिको नेतृत्व शक्ति रहेको र बाँकी कार्यकाल ओली नेतृत्वको सरकारले काम गर्ने बताए । “जनताले केपी शर्मा ओली नेतृत्वको पार्टीलाई नै नेकपाको बागडोर सम्हाल्न दिएका हुन् र अब पनि दिने छन् ।” उनकाे भनाइ थियाे ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

क्यानको पछिल्ला कामबाट आईसीसी प्रभावित छ: पारस खड्का