काठमाडौं । दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगी यतिबेला विभिन्न अभ्यासमा छन् । यसै क्रममा उनीहरूले शनिबार बेलुका ट्यालेन्ट सोअन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
यो प्रतियोगितामा २१ जना प्रतियोगी छन् । जसमध्ये ११ जना काठमाडौं र १० जना विराटनगरबाट रहेका छन् । काठमाडौंको नाचघरमा ११ जनाले ट्यालेन्ट सोमा प्रतिभा प्रस्तुत गरेका हुन् । उनीहरूले ट्यालेन्ट सोमा नृत्य, गायन, प्रहसन, कविता वाचन, वतृत्वकला जस्ता विविध प्रतिभा प्रस्तुत गरेका छन् ।
एमी इन्टरटेनमेन्टद्वारा आयोजित यो प्रतियोगिताको ट्यालेन्ट सोमा प्रतियोगी शिक्षा गुप्ता, राज रौनियार, अस्मित रौनियार, अंकित रौनियारले विभिन्न गीत गाएर आफ्नो प्रतिभा देखाए । यस्तै आँचल रौनियार, पप्पु रौनियार, सर्वजित रौनियार र सोमन रौनियारले नृत्य प्रस्तुत गरेका थिए ।
सालु रौनियारले विभिन्न क्यारिकेचर गरेर सबैलाई हँसाइन् । यस्तै खुस्बु रौनियारले प्रस्तुत गरेको छोरीमाथिको कविता आकर्षक थियो । नन्दिनी रौनियारले नारी यौन हिन्सा’bout आफ्नो विचार राखिन् ।
ट्यालेन्ट सोको निर्णायकमा अभिनेता रणभीर शाह, गायिका, सञ्चारकर्मी तथा मोडल सरिता भारती, मिस रौनियार २०१९ की विजेता प्रीति रौनियार, मोडल तथा कलाकार भरत रौनियार थिए ।
यो प्रतियोगिताका बाँकी १० अन्तिम प्रतियोगीमा बिराटनगरबाट प्रीति गुप्ता, स्नेहा रौनियार, सोनल रौनियार, मुस्कान रौनियार, ज्योनी रौनियार, स्नेहा रौनियार २, आयुष रौनियार, मधु रौनियार, अजय रौनियार रहेका छन् । राजन रौनियार र एमी रौनियारद्वारा आयोजित दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ को चयन आगामी २९ फागनु शनिबार नाचघरमा एक समारोहबीच हुनेछ ।






