आरोहण अनुमति पाएका पिकबाट १२ करोड रोयल्टी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले गत आर्थिक वर्ष २०७५÷०७६ मा विभिन्न २४ वटा हिमाल चुचुरा एवं ‘पिक’ आरोहण अनुमतिबाट १२ करोड ५१ लाख ८० हजार रुपैयाँ रोयल्टी उठाएको छ । सरकारले अनुमति दिएका ५ हजार ८ सयदेखि ६ हजार ५सय  मिटरसम्म उचाइ भएका २७ पिकमध्येमा गत आवमा २४ वटा पिक आरोहणबाट सो रकम संकलन भएको संघले जनाइएको छ ।

संघका अध्यक्ष सन्तवीर लामाले सरकारले संघलाई जिम्मा दिएको २७ पिकको प्रवद्र्धन तथा आरोहण अनुमतिमध्ये गत आवमा २४ वटा पिक आरोहणका लागि एकहजार ७ सय ३३ समूहका ६ हजार ५ सय ५५ जनाले अनुमति लिएको जानकारी दिए । यसरी अनुमति लिनेमध्येमा १ सय २ नेपाली रहेको उनले जानकारी दिए । सरकारले नियमअनुसार उठेको रोयल्टी रकममध्ये २५ प्रतिशत प्रदेश सरकार, २५ प्रतिशत स्थानीय तह र ५ प्रतिशत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति (माउन्टेन एकेडेमी)मा जम्मा गर्नुपर्ने प्रावधान छ । गत आवको रोयल्टी रकम संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्वतारोहण रोयल्टी खातामा जम्मा गरेको जनाएको छ ।

सो समय कुल उठेको रकम मध्येबाट संघले तीन शीर्षकमा ६ करोड ८८ लाख ४९ हजार रुपैयाँ जम्मा गरेको हो । संघका अनुसार सम्बन्धित प्रदेश सरकारको कोष र स्थानीय तहको कोषमा छुट्टाछुट्टै ३ करोड १२ लाख ९५ हजार रुपैयाँ तथा माउन्टेन एकेडेमीका नाममा ६२ लाख ५९ हजार रुपैयाँ रोयल्टी रकम जम्मा गरिएको हो ।

संघका महासचिव एवं सूचना अधिकारी कुलबहादुर गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नियमअनुसार रोयल्टी रकम भुक्तानी प्रक्रियामा अस्पष्ट हुँदा भुक्तानीमा केही ढिला भएको जानकारी दिए । गुरुङका अनुसार अहिले संघले २७ वटा पिक मध्ये समूह ‘क’ मा १२ र समूह ‘ख’ मा १५ पिक गरी दुई भागमा विभागजन गरेको छ ।

सुरुवाती चरणमा १२ पिकको अनुमति दिएको सरकारले २०७४ सालको १० साउनमा पुनः १५ वटा पिक थप गरेर कुल २७ वटा पिक व्यवस्थापन एवं आरोहण सञ्चालनको जिम्मा दिएको थियो ।

पर्वतारोहण संघले २०७६ सालको १३ असोजमा सरकारलाई थप ५ हजार ८ सय उचाइदेखि ६ हजार ५ सय मिटर उचाइसम्मका १ सय ७६ पिक आरोहण सञ्चालन एवं व्यवस्थापनाको जिम्मा दिन आग्रहसमेत गरेको थियो । संघका अध्यक्ष लामाका अनुसार यस संघले हाल आरोहण गरिँदै आएका तथा पहिचान भएर पनि आरोहण नगरिएका ४ सय १४ हिमशृंखला तथा चुचुरा (पिक)को विस्तृत जानकारीसहित ‘पिक प्रोफाइल’ तयार पारेको छ ।

हालसम्म आरोहणका लागि उपयुक्त मानिएका कुल ४ सय १४ चुचुरा’bout व्यवस्थित रूपमा एउटै वेबसाइट पोर्टलबाट जानकारी उपलब्ध गराउने उद्देश्यले पिक प्रोफाइल तयार गरिएको संघले जनाएको छ । संघका अध्यक्ष लामाका अनुसार नेपालको साहसिक पर्यटन प्याकेजका रूपमा रहेका नेपालका हिमशृंखला तथा पर्वतका विषयमा व्यवस्थित रूपमा प्रोफाइल पहिलोपटक तयार पारिएको हो ।

छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसको प्रभावका कारण आगामी वसन्त ऋतुको मौसमको आरोहणका लागि भने अपेक्षाकृत रूपमा रोयल्टी उठाउन नसकिने अवस्था आएको सम्बन्धित सरोकारवालाहरूको भनाइ छ । उनीहरूले अझै संसारभरका विभिन्न देसमा फैलँदो क्रममा रहेको कोरोना भाइरसको प्रभावका कारण अहिले नेपाल भित्रिने पर्यटकको संख्या घटेसँगै आगामी मौसमको आरोहण गर्नेहरूको चाप पनि उत्तिकै मात्रामा घट्न सक्ने सम्भावना उत्पन्न भएको बताउँदै आएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गृहमन्त्रीको वडामा कांग्रेस पराजित