हृदयविदारक भिडियोमा देखिए रंजित र गीता

काठमाडौँ । नेपाली चलचित्रमा पार्श्व गायन मार्फत दर्शक स्रोताको मन जितेका गायक केतन क्षेत्रीको स्वरमा रहेको बिल्कुलै नयाँ गीत ‘छाडी गयौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सत्य घटनामा आधिरित यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार नारायण रसाइलीको रहेको छ भने सुभाष भुषालले यस गीतलाई संगीत संगीतवद्द गरेका हुन्। गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रंजित पौडेल र गीता ढुंगाना फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। रेशम बुढाथोकी सहायक निर्देशक रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो ।

तारा लोहनी रसाइली निर्मात्री रहेको म्युजिक भिडियोलाई भवी लाल गोल्ड हाउसको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा